Tuesday 4 February 2014

बेलायतमा प्रथम सहिद लखनको १३७औ जन्मजयन्ती मनाईदै

बेलायत, माघ २१ - नेपालको प्रथम सहिद लखन थापामगरको १३७ औ जन्मजयन्ती सदाझै यसवर्ष पनि बेलायतमा बिभिन्न कार्यक्रम गरि मनाईने भएको छ । नेपाल आदिबासी जनजाति महासँघ, बेलायत र मगर सँघ, युकेको संयुक्त पहलमा आउदो फेब्रुवरी ८ तारिखको दिन मेडिष्टोनको कोक्सहिथ भिलेज हलमा कार्यक्रममको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नेपाल आदिबासी जनजाति महासँघ, बेलायत र मगर सँघ, युकेको संयुक्त आयोजनामा गरिने उक्त कार्यक्रम प्रथम सहिद लखन थापामगरले देश र नेपाली जनताको लागि गरेको बलिदानको सम्मानमा गर्न लागिएको महासँघका सचिव तथा कार्यक्रम संञ्योजक बिजय हितानमगरले बताएका छन । उक्त कार्यक्रममा कलाकारहरूद्धारा नौमती बाजाको धुनसंगै लखन थापामगरको फोटोमा पुजा गरिने छ । कार्यक्रममा नेपाली राष्ट्रिय गीत र अन्य बीरताको गीत, नृत्य, कविताहरू प्रस्तुत गर्नुका साथै उनको जीवनी र योगदान सम्बन्धि चर्चा गरिने छ ।
राणा सासनको बिरूद्धमा हतियार उठाएका कारण तत्कालीन सासक जंगबहादुर राणाद्धारा सन् १९७७ साल १८ फेब्रुअरीमा लखन थापामगरलाई फाँसी दिएको  थियो । लखन थापामगरको जन्म गोर्खा जिल्लाको बुङकोट, काउलेमा सन् १८३४ सालमा भएको थियो । उनको बावु भारतीय सेनामा कार्यरत रहदाँ बावुसंगै भारतको बिभिन्न ठाउँहरूमा बाल्यकाल बिताएका लखन थापामगर उमेर नछिप्पीदै सन् १८५४ सालमा नेपाल आएर नेपाली सेनामा भर्ती भएका थिए । सैन्यकलामा कार्यकुशलता र निपुर्ण भएकाले छोटो समयमानै नेपाली सेनामा क्याप्टेन हुन सफल भएका थिए ।

तत्कालीन बृटिश कम्पनी सरकारको अनुरोधमा नेपाली सेनामा सहभागी भएर लखन थापामगर भारतीय स्वातन्त्रता आन्दोलन दबाउन केहिे समय भारत गएका थिए । तर बृटिश कम्पनी सरकारले भारतीय स्वातन्त्रता आन्दोलन दबाउने नाममा जनतालाई गरेको अन्याय अत्याचार उनलाई  मन परेन । यसै समयमा सेनाको जागिर छाडेर उनी नेपाल फर्किए । उनि आफ्नै घर गोरखामा आएर छुट्टै फौज निर्माण गरेर नेपालको जहानीय राणा सासनको बिरूद्धमा हतीयार उठाउने काम गरेका थिए ।

No comments:

Post a Comment