Monday 9 February 2015

आई.ए.एफ. को उपाधि सरला पुन मगरलाई !

कृष्ण सारू मगर
बहराईन , ९ फेब्रेरी - अन्तराष्ट्रिय कलाकार मञ्च बहराईनको पहिलो प्रसतुति स्वरूप सास क्रिसियनको विषेश सहकार्यमा आयोजित "जय कला जय कलाकार,,भन्ने मुल नारा लिएर स्थापित अन्तरराष्ट्रिय कलाकार मञ्च बहराईनले आयोजना गरेको "आई.ए.एफ. गायन विदा २०१४,, को उपाधि सरला पुन मगरले चुमेकी छिन ।
  सम्पुर्ण नेपालीहरूको चेली एउटा सामान्य किसान परिवारको कोख बाट जन्म लिएका उनी जीवनको साङ्गीतिक यात्रामा धेरै आरोह अवरोह भोग्दै यस बहराईनमा पनि साँगीतिक क्षेत्रलाई निरन्तरता दिदै आएका हुन शरला पून मगर । आई.ए.एफ द्वारा आयोजीत २०१४ सिङगिङ आईडलमा निरन्तर कब्जा जमाउँदै आएकी गायिका मगरले सफल्ता हात पारिन । उन्ले पाएको यो सफल्ता नै समस्त नेपाली र पाल्पालीको सफल्ता हो ।
नेपाली दुतावास बहराईनका का.बा. राजदुत महामहिम मणि प्र.भट्टराईको प्रमुख आतिथ्य तथा कार्यक्रमका सभापति अर्जुन दुलालले सँयूक्त रूपमा राष्ट्रिय धुन संगै द्धिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

  बिषेश अतिथिहरूमा बद्री पंगेनी, केकी अधिकारी, राजेश पायल राई, दुतावास श्रम सहचारी विश्वराज न्यौपाने, तृतिय सचिव ओम भण्डारी वरिष्ट समाजसेवी गम ब. गुरूङ र दुर्गा गिरी थिए । त्यस्तै अतिथि हरूमा गैर आवासिय नेपाली संघ, नेपाल आदिवासी जनजाति महासंघ बहराईन लगायत बिभिन्न संघ, संस्था, संगठनका प्रतिनिधिकहरू, साथै विभिन्न अनलाईन मिडियाका पत्रकारहरू र भद्रभलाद्मी, एवं श्रोता तथा दर्शकहरूको बाक्लो उपस्थित रहेको थियो ।
मन्तब्यको क्रममा का.बा.राजदुतले नेपालको कला संस्कृतिलाई यसरी बिदेशी भुमीमा रहेर पनि बडो उत्सुकताको साथ कला संस्कृतिलाई टेवा दिने हेतुले सथापित संस्थालाई शुभकामना दिएका थिए ।

 कार्यक्रममा निर्णायक मण्डलको अविभारा समेत बोकेका वरिष्ठ संगीतकार तथा गायक पोखराज श्रेष्ठले शुभकामना दिएका थिए । उनले भने लुकेर रहेको प्रतिभाहरूलाई खोजी गर्नु धेरै कठिन र चुनौती पुर्ण रहेकोले आयोजकले गरेको श्रहानिय कार्यको लागी विषेश धन्यावाद समेत दिए । उनले भने राष्ट्रिय वा अन्तराष्ट्रिय कलाकारहरू राष्ट्रको अमुल्य सम्पति भएकोले  विभिन्न सँघ संस्था र संगठनहरूको पनि अभिन्न अंग भएकोले उनीहरूको उचित मुल्याङ्कन हुनु अत्यन्तै आबश्यक रहेको बताए ।

फिनालेमा प्रवेश कलाकारहरू लाई कार्यक्रमका सभापति अर्जुन दुलालले सम्मान स्वरूप भातगाउँले टोपी लगाइदिएका थिए ।  बसन्त बिष्टको स्वागत गीत पश्चात अरूण क्षेत्रीले औपचारिक कार्रयक्रम संचालक गरेका थिए । २००८ मा अमेरिका लगायत ३४ देशहरूमा मञ्च स्थापित भएको र बहराईनमा पनि मञ्च स्थापना गर्नका निमित्त संयोजक तथा पुर्व महासचिव राजन सुवेदीको विशेष योगदान रहेको मञ्चका उपाध्यक्ष गजेन्द्र बोहराले बताएका थिए । निर्णायक मण्डलमा लोक तथा दोहरी वरिष्ठ गायक विश्व बिनोद, वरिष्ठ गायक , संगीतकार पोखराज श्रेष्ठ, तथा वरिष्ठ संगीतकार प्रमोद थामीले निर्णायक भुमिका निभाएका थिए ।
६ फेबरेरी २०१५ सुक्रबारका दिन डेलमन ईन्टरनेश्नल होटलमा भएको २०१४ सिङगिङ आईडल कार्यक्रमको संयोजक समेत रहेका चलचित्र निर्माता निर्देशक साथै नायक कल्याण घिमिरेको साथमा नायिका केकी अधिकारी , बहुचर्चित राष्ट्रिय लोक तथा दोहरी गायक बद्री पँगेनी र आधुनिक तथा पप गायक राजेश पायल राई लगायत स्थानिय कलाकारहरूले विविध साँसकृतिक मनोरन्जन दिएर उपस्थित दर्शक तथा श्रोताहरूलाई भरपुर मनोरन्जन दिएका थिए ।

  उक्त कार्यक्रमलाई सौहाद्धपुर्ण वातावरणमा सम्पन्न गराउनका निमित्त मगर संघ बहराईनले परम्पगत आफनो मौलिक कला साँस्कृतिक पहिचान रहेको कौडा नृत्य "मायाँ गयो गाउँ छाडी" गीतको बोल र किराँत याक्थुम चुम्लुङ्ग बहराईनले "आलुङे सैली धानै नाचुङ्ग"गीतको बोल रहेको नृत्यले साङ्गीतिक प्रस्तुतिलाइ सह्योग गरेको थियो ।
निर्णायक मण्डलका वरिष्ठ संगीतकार पोखराज श्रेष्ठले २०१४ सिङगिङ आईडल फिनालेको नतिजा सार्वजनिक गरेका थिए । जस्मा सरला पुन मगर प्रथम,राम गुरुङ दोष्रो,बिजय लावती तेस्रा भएका थिए भने संजय थापा मगर, सुरेन्द्र राई (सनम)र प्रकाश समालले सान्त्वना पुरस्कार पाएका थिए ।
सो, आई.ए.एफ. गायन विदामा सर्वोत्कृष्ट नतिजा ल्याउने मध्य सरला पुन मगर सहित आई.ए.एफ. गायनको उपाधि सबै कलाकारहरूलाई पुरस्कार प्रदान गर्न वरिष्ठ समाजसेवी गम ब.गुरूङले सहजिकरण गरेका थिए ।

No comments:

Post a Comment