३ बैशाख, एजेन्सी । दिनानुदिन युद्धको शंका बढ्दै गएको अवस्थामा उत्तर कोरियाले १५ अप्रिलका दिन आफ्ना संस्थापक किम इल सुङको जन्मजयन्ति मनाएको छ । लगातार आक्रमण गर्ने धम्की दिँदै आएको उत्तर कोरियाले किमको जन्मदिनका अवसरमा ठुलो संख्यामा सैन्य परेड गर्दै आफुहरूले जतिबेला पनि आक्रमण गर्न सक्ने बताएको छ ।उत्तर कोरियाले दक्षिण कोरिया, जापान र अमेरिकामा जतिबेला पनि परमाणु आक्रमण गर्न सक्ने चेतावनी दिँदै तीनै देशलाई परमाणु आक्रमणले उडाइदिने बताएको छ ।
गत फ्रेबुअरीमा संयुक्त राष्ट्र संघले पछील्लो पटक आफूले गरेको परमाणु परिक्षणलाई लिएर गरेको व्यवहारलाई नसच्याइए आफूहरूले जुनसुकै बेला बिना सूचना आक्रमण गर्न सक्ने जनाएको छ । उत्तर कोरियालाई अमेरिकाले वार्तामा आउन समेत आग्रह गरेको छ तर यसका लागी उत्तर कोरियाले परमाणु कार्यक्रमहरू त्याग्नुपर्ने जनाएको छ । यता उत्तर कोरियाले भने यस प्रस्तावलाई ठाडै अस्विकार गरेको छ ।

No comments:
Post a Comment