Saturday 22 February 2014

१३७औ लखन थापा स्मृति भलिबल कप प्रतियोगिता भब्यताको साथ सम्पन्न

बहराइन फाल्गुन १० - मगर संघ बहराईन द्वारा आयोजित १३७औ लखन थापा स्मृति भलिबल कप अन्तर सस्था प्रतियोगितामा फाइनल खेल २१ फेब्रुवरी २०१४ सुक्रबारका दिन भएको खेलमा नेपाली राजदुताबास बहराईनका कार्यबाहक राजदुत डा. दुर्गा बहादुर सुबेदी ज्यू द्वारा भलिबल सर्बिस गरेर खेलको उद्घाटन गर्नु भयो भने त्यसै गरि कार्यक्रमका सभापति तथा मगर संघ बहराईनका वर्तमान अध्यक्ष श्याम पुन द्वारा पडका पडकाएर खेल सुरु गर्न आग्रह गर्नु भयो । भलिबल खेलको अन्तिम दिनको खेल अनुसार तेस्रो स्थानमा आधिखोला स्याङ्जाले हात पार्न सफल भयो भने द...ोस्रो स्थान बाग्लुंग सेवा समाज बहराईनले हात पार्न सफल भयो, त्यसै गरि पुर्बाञ्चल यूबा क्लब बहराईन प्रथम स्थान मा रहन सफल भयो भने यस खेलको म्यान अफ द म्याच को उपाधि पुर्बाञ्चल यूबा क्लब बहराईनका तारा मगर ज्यू ले हात पार्न सफल हुनु भयो । क्रमस : १. तारा मगर २. प्रेम गुरुङ ३. यूवराज गुरुङ ले बेस्ट प्ल्येर को उपाधि हात पार्न सफल हुनुभयो ।मगर संघ बहराईन द्वारा सम्पूर्ण बिजेता टिमहरुलाई हार्दिक बधाई व्यक्त गर्दछौ















No comments:

Post a Comment