बुङ्कोट : प्रथम सहिद लखन थापा र उनीसँगै सहादत पाएका जैसिङ चुमीमगरको अहिलेसम्म पनि काजकिरिया भएको छैन। पहिलोपल्ट राणा सरकारविरु द्ध विद्रोह गरेको भन्दै जंगबहादुर राणाले १९३३ साल फागुन २ गते लखन थापा र जैसिङ चुमीमगरलाई झुन्ड्याएर मृत्युदण्ड दिएका थिए। एक सय ३८ वर्षसम्म पनि काजकिरिया गर्न नपाएको उनीहरूका आफन्तले बताएका छन्। राणा सरकारका पालामा सेनाले थापा र चुमीलाई बुङ्कोटको काउले भँगारमा खिर्राको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए। मृत्युदण्ड दिएपछि तत्कालीन राणा सरकारले काजकिरिया नगर्न उर्दी गरेका थिए। सहिदका आफन्तहरूले अब काजकिरियाका लागि वातावरण बनाइदिन सरकारसमक्ष माग गरेका छन्। ‘राणा सरकारले उनीहरूलाई मारेको १३८ वर्ष भइसक्यो। अगति परेका होलान्। नरकमा परिरहेका होलान्। अहिलेसम्म काजकिरिया गर्न पाएका छैनौं ’, जैसिङका पनाती रत्नबहादुर चुमीमगरले भने, ‘सरकारले काजकिरिया गर भनोस्, हामी नै गर्छौं। नत्र सरकारले गरिदेओस्।’ आफ्नो योजनाअनुसार किरिया गर्दा सरकारले किन गरेको भनेर कारबाही गर्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए। ‘म जैसिङ चुमीको सन्तान। आफ्नो सुरले काजकिरिया गरौं भने दुवैजनाको रगत मिसिएको हो। एउटा सहिदको मात्रै किरिया कसले गर् भनेर गरेको भनी कारबाही पो गर्ने हो कि? हामीले पढेलेखेका छैनौं। Monday, 17 February 2014
अझै काजकिरिया भएको छैन प्रथम सहिदको
बुङ्कोट : प्रथम सहिद लखन थापा र उनीसँगै सहादत पाएका जैसिङ चुमीमगरको अहिलेसम्म पनि काजकिरिया भएको छैन। पहिलोपल्ट राणा सरकारविरु द्ध विद्रोह गरेको भन्दै जंगबहादुर राणाले १९३३ साल फागुन २ गते लखन थापा र जैसिङ चुमीमगरलाई झुन्ड्याएर मृत्युदण्ड दिएका थिए। एक सय ३८ वर्षसम्म पनि काजकिरिया गर्न नपाएको उनीहरूका आफन्तले बताएका छन्। राणा सरकारका पालामा सेनाले थापा र चुमीलाई बुङ्कोटको काउले भँगारमा खिर्राको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए। मृत्युदण्ड दिएपछि तत्कालीन राणा सरकारले काजकिरिया नगर्न उर्दी गरेका थिए। सहिदका आफन्तहरूले अब काजकिरियाका लागि वातावरण बनाइदिन सरकारसमक्ष माग गरेका छन्। ‘राणा सरकारले उनीहरूलाई मारेको १३८ वर्ष भइसक्यो। अगति परेका होलान्। नरकमा परिरहेका होलान्। अहिलेसम्म काजकिरिया गर्न पाएका छैनौं ’, जैसिङका पनाती रत्नबहादुर चुमीमगरले भने, ‘सरकारले काजकिरिया गर भनोस्, हामी नै गर्छौं। नत्र सरकारले गरिदेओस्।’ आफ्नो योजनाअनुसार किरिया गर्दा सरकारले किन गरेको भनेर कारबाही गर्ने हो कि भन्ने चिन्ता लागेको उनले बताए। ‘म जैसिङ चुमीको सन्तान। आफ्नो सुरले काजकिरिया गरौं भने दुवैजनाको रगत मिसिएको हो। एउटा सहिदको मात्रै किरिया कसले गर् भनेर गरेको भनी कारबाही पो गर्ने हो कि? हामीले पढेलेखेका छैनौं।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment