११ मंसिर, काठमाडौं । निर्वाचनमा धाँधली भएको भन्दै
संविधानसभामा नजाने बताउँदै आएको एकीकृत नेकपा माओवादीले शीर्षनेता प्रचण्ड र
बाबुरामलाई संविधानसभामा सहभागी नगराउने र महरालाई संसदीय दलको प्रमुख बनाएर संसदीय
संघर्षमा सहभागिता जनाउनेबारे आन्तरिक छलफल थालेको छ । ’संविधानसभामा पार्टी
संविधानसभामा जान्छ, तर अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा. बाबुराम भट्टराईचाहिँ
संविधासभामा नजाने सम्भावना छ ।’

सरकारमा जानेबारे विवाद कायमै
यसैवीच एमाओवादीको सामेकार सम्पन्न केन्द्रीय
समितिको बैठक र त्यसअघि बसेको पूर्वपोलिटब्यूरो बैठकमा संविधानसभामा सहभागी
हुनेबारे करिब एक मत देखिए पनि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा भने दुई
लाइन देखिएको छ ।स्रोत का अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड संविधानसभा मात्रै नभएर
सरकारमै जानुपर्ने पक्षमा हुनुहुन्छ भने अन्य केही नेताहरुले चाहिँ संविधानसभामा
सहभागी भए पनि सरकारमा जान नहुने बताएका छन् ।
एमाले र कांग्रेसले दुई तिहाइ सीट जित्ने सम्भावना
बढेको अवस्थामा एमाआओवादीको अनुपस्थितिमै सरकार बन्न सक्ने भए पनि एमाओवादीलाई समेत
सरकारमा सहभागी गराउने कांग्रेस र एमाओवादीको तयारी छ । एमाओवादी नेताहरु
सत्ताप्रति लालायित भएकाले उनीहरु सरकारमा आउन सक्ने कांग्रेस र एमाले नेताहको
बुझाइ छ । यसैवीच एमाओवादीले पनि सहमतीय प्रणालीमा जानुपर्ने माग अघि सारेर सरकारमा
सहभागी हुन सकिने संकेत गरेको छ ।
No comments:
Post a Comment