Tuesday 26 November 2013

चुनावपछि नेपाली पहिचान खतरामा


मंसिर ११ - मंसिर ४ को संविधानसभाको निर्वाचन र प्राप्त मतपरिणामले नेपालमा पहिचानवादी शक्तिहरुको पराजयसंगै नेपाली पहिचान नै खरामा परेको छ । पहिचान सहितको संघीयता पक्षधर पार्टी एकीकृत माओवादी, मधेसी दल र अन्य परिवर्तनकारी शक्तिहरुको पराजयका कारण पनि राजनीतिक वृतमा यतिखेर पहिचानवादी शक्तिहरु पराजयसंगै नेपाली पहिचान खतरामा परेको चर्चा शुरु भएको हो । पहिचानवादी आन्दोलनमा कृयाशिल राजनीतिक दल र विभिन्न संघ संघसंस्थाहरुले पनि पहिचानवादी शक्ति पराजय भएको स्वीकार गरेका छन् ।
त्यतिमात्र होइन, नेपाली जनता संघीयता, धर्मनिरपेक्षता जस्ता कुरामा विश्वास गर्दैन भन्ने प्राप्त अभिमतले देखाउ‘छ भन्ने जस्ता अभिब्यक्तीहरु सार्वजनकि हुन थालेकाले पनि नेपाली पहिचान खतरामा परेको हो । सबै भन्दा बढी पहिचानको आवाज उठाउने आदिवासी जनजातिहरु पनि पहिचानवादी शक्तिहरु एक हुन नसक्नुले पराजित भएको निष्कर्समा पुगेका छन् । आदिवासी जनजाति अगुवा डा. कृष्ण भट्टचन पहिचानवादी शक्तिहरु विभाजित भएका कारण विजयी हुन नसकेको बताउ“छन् ।
पछिल्लो समय पहिचानवादी राजनीतिक दलको रुपमा स्थापना भएको संघीय समाजवादी पार्टी समेत षड्यन्त्रपूर्वक पहिचानवादी शक्तिहरुलाई पराजित गरिएको निष्कर्षमा पुगेको छ । मतगणना प्रकृया चलिरहेको बेला नै समाजवादी पार्टीले समेत पहिचान सहितको संघीयताविरुद्धमा षड्यन्त्र भएको भन्दै मतगणना प्रक्रियाबाट अलग्गिएको थियो । आदिवासी जनजाति महासंघका निवर्तमान महासचिव तथा संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पा पहिचानवादी शक्तिहरुलाई पराजित गराउन नर्वाचनको मतगणना प्रक्रियामा षड्यन्त्र गरिएको बताउछन् ।

राष्ट्रिय जनमुक्ति पार्टीले समेत पहिचानसहितको संघीय संविधान बनाउन नदिने षड्यन्त्र अनुरुप पहिचानवादी राजनीति दलहरूलाई परास्त गरिएको निष्कर्ष निकालेको छ । उसले पनि मतगणना प्रक्रिया बहिस्कार गरेको थियो । पहिचान सहितको संघीयताको विषयमा नेपाली जनतालाई बुझाउन नसक्नु नै पहिचानवादी राजनीतिक दलहरूको पराजयको कारण बनेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाको भनाइ छ ।
मंसिर चार गतेको निर्वाचनमा पराजित भएका पहिचानवादी शक्तिहरू अब भने एक हुने संकेत पनि देखिएको छ । मुद्दा र एजेन्डा एउटै भए पनि फरक फरक झुण्डमा देखिएका पहिचानवादी शक्तिहरु यस पटकको पराजयपछि भने संगठित आन्दोलनको तयारीमा देखिन्छन् । पहिलो संविधानसभाको निर्वाचनपछि सत्ता उपभोग गर्दै आफ्नो आधार नै भूलेको एकीकृत माओवादीको मातृ संगठन लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चासमेत अब पहिचानका लागि सबै शक्तिहरु एक हुनुको विकल्पन नरहेको निष्कर्षमा पुगेको छ । मोर्चाका वरिष्ठ उपाध्यक्ष मुक्साहाङ मेन्याङ्बो पहिचानवादी शक्ति पहिचान र संघीयताको लागि संगै लड्नु पर्ने बताउछन् ।
संविधानसभाको निर्वाचन पछि धेरै राजनीतिक दलको राजनीतिक कोर्ष फेरियो भने अन्य धेरै दलहरुको कोर्ष फेरिने कुरामा कुनै दुइमत छैन । मंसिर चारको निर्वाचनबाट चेतिएका पहिचानवादी राजनीतिक दलहरूले कस्तो राजनीतिक कोर्ष बनाउ“लान त्यसैको आधारमा पहिचान र संघीयताको मुद्दा टुङ्गोमा पु¥याउने निश्चित छ । तर पहिचानवादी राजनीतिक शक्तिहरूले यो निर्वाचनबाट भने पाठ सिक्नैपर्छ ।

आनन्द गुरुङ

No comments:

Post a Comment