Wednesday 27 November 2013

मगर संघ बहराइनका सक्रिय कार्यकर्ताको आज बहराइनबाट बिदाइ


मानामा मंसिर १२ - मगर संघ बहराइनका सकृय कार्यकर्ता एवं सल्लाहकार श्री नकुल पुन जी को आज साँझ करिब ५ बजे अकास्मात एक कार्यक्रम राखी बिदाइ गरिएकोछ। उहाँ बिगत ४ वर्ष देखि बहराइन मगर संघमा आबद्ध हुनुहुनथ्यो। यु एस आर्मीको साथ् सेकुरिटी काममा सेवारत रहदै आउनु भएका उहाँ भोली बिहिवार बिहान ५ बजे फ्लाइटमा बहराइन छोडेर नेपाल तर्फ प्रस्थान गर्नुहुनेछ। उहाँले मगर संघ बहराइनलाइ गर्नु भएको अमूल्य सहयोग र अपार मायाको लागि मगर संघ बहराइनले मायाको चिनो साथै खादा लगाई उहाँलाइ उहाँकै बास स्थानमा संमान सहित बिदाइ गरेको छ । कार्यक्रममा मगर बहराइनका  उपादक्ष्य श्री जित घर्तिमगर सल्लाहकार पहलमान घर्ति पुन , ओम थापा मगर , खिम थापा मगर जनसम्पर्क सचिब कृष्ण सारु मगर लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो। 

No comments:

Post a Comment