Friday 29 November 2013

घर किन्न यूके मगरसंघले २ लाख पाउण्ड उठायो

२३ नोभेम्बरका दिन मगर संघ युकेको हाउजिङ च्यारिटी डिनर फार्नबोरोको साम्युलकोडी स्कुल हलमा सम्पन्न भएको छ । बेलायतमा बसोबास गर्ने मगर समुदायको भवन खरिदार्थ आयोजना गरिएको यो दोस्रो डिनर साँझ थियो । गत बर्ष पहिलो पल्ट त्यसै ठाउँमा यो कार्यक्रम सम्पन्न गरेर मगर संघले एक लाख भन्दा बढी पैसा उठाउन सफल भएको थियो ।
मगर संघका उपाध्यक्ष राजन रानामगरद्वारा सम्योजित यस भब्य कार्यक्रमलाई उँहाकै स्वागत मन्तब्य पछि पानसमा दियो जलाएर थालनी गरियो । बेलायतमा रहेका मगरसंघको एघारवटै उपसमितिबाट जम्मा भएका पदाधिकारीहरू, गोर्खा पल्टनमा सेवारत सदस्यहरू लगायत उपस्थित अन्य मगर दाजुभाइ तथा दिदिबैनीहरूलाई सम्बोधन गर्दै सँस्थाका अध्यक्ष दुत पुनमगरले मगर संघ युके को एउटा भवन किन्नुको आवस्यक्ता र महत्व सम्बन्धमा प्रकास पारेकाथिए ।

भबिस्यमा हरेक उपसमितिहरुमा यस्तै छुट्टै च्यारिटी डिनर गर्ने र घर-दैलो  कार्यक्रम गरि पैसा उठाउन आवस्यक रहेको पनि उनले जोड दिए । यसरी अर्को बर्षको अप्रिल भित्रमा घर किनिसक्ने लक्ष्य राख्दै सबैलाइ खुल्ला दिलले हात फुकाएर सहयोग गर्न आबहान पनि गरे ।
उपाध्यक्ष तथा भवन खरिद कोषध्यक्ष दलमान पुनमगरले अहिले सम्म उठेको रकम समबन्धमा बताएकाथिए । कार्यक्रममा बिद्वान रमेश सारङ्कोटीमगर र नरेश खपाङीमगरले 'मगरहरू : बिगत र बर्तमान' शिर्षकमा एउटा तत्थ्याङसहितको खोजपुर्ण बक्तब्य पेस गरेकाथिए । संस्कृति सचिव अनिता रानामगरको संयोजकत्वमा उक्त साँझलाई मनोरन्जनात्मक बनाउँदै वेल्स उपसमितीले सोरठी, स्विन्डन उपसमितीले कौडा नाच प्रस्तुत गरे । त्यस्तै कर्णप्रिय स्वरका धनी बिरबहादुर थापामगर र उनलाई साथ दिने हार्मोनिमा पहलसिङ थापामगर, बाँसुरिमा कुलबहादुर थापामगर्, मादलमा तुल्सी रानामगर र लछ्मण रानामगरको टोलीले मधुर गीत गाएर  साँझलाई अझै रमाइलो पारेकाथिए।
अन्तिम चरणमा च्यारिटी उठाउने कार्यक्रम सुरु भयो । पाँच सय पाउन्ड सहयोग गरेर आजिवन सदस्य र हजार पाउन्ड दिई सहयोग गरेर ट्रस्टी बन्नेहरूको लश्कर लागेको थियो । ती सबै दाताहरूलाई खादा ओडाएर पूर्व अध्यक्ष मेजर कुलबहादुर थापामगरद्वारा सम्मान  गरिएको थियो ।  अन्त्यमा पूर्व हमासचिव योग फगामिमगरले अहिले सम्म भवन खरिदको लागि च्यारिटी दुइलाख पाउन्ड उठिसकेको जानकारि दिए ।

शब्द- बिजय हितान

चित्र- अनिता राना मगर







No comments:

Post a Comment