Thursday, 2 May 2013

गण्डक नहरमा ट्याक्टर खस्यो, ४ को मृत्यु, २१ घाइते

नवलपरासी, वैशाख १९ - नवलपरासीको त्रिवेणी स्थित गण्डक नहरमा मलामी बोकेको ट्याक्टर खस्दा ४ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् । केहीबेर अघि भएको उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार रानी बगरबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ त ११५९ नम्बरको ट्याक्टर खसेको हो ।
दुर्घटनामा मृत्यु हुने सबै भारत विहार महाराजगंज जिल्ला अन्तर्गतको ठुटीबारी ग्राम प‌ंचायत राजावारीका हुन् । निसार महम्मद, सुर्यनराययण सुनार, देवान मुस्लिम र रामपृत चौहानको मृत्यु भएको छ । घाइते मध्ये ४ जना गम्भीर छन् । उनीहरुले नेपाली ट्याक्टर भाडामा लिएका थिए ।

No comments:

Post a Comment