१९ वैशाख, इलाम । यातायात मजदुरले गरेको बन्दका
कारण मेची राजमार्गमा यातायातका साधान ठप्प भएका छन् । बन्दका कारण लामो तथा छोटो
दूरीका सवारी साधन नचल्दा यात्रुहरु विचल्लीमा परेका छन् । मजदुरहरुले
ताप्लेजुङ्गदेखि झापाको चारआलीसम्म कुनै पनि सार्वजानिक गाडिहरु गुड्न नदिने वताएका
छन् ।गाडीमा यात्रा गरिरहेकी युवतीलाई सवारी चालकले यौन
दुरव्यवहार गरेको भन्दै प्रहरीले चालक सुनिल राईलाई पक्राउ गरेपछि मजदुरहरुले बन्द
आव्हान गरेका हुन् । सहमतिमा आएर समस्या समाधान गर्न आफूहरु लागि परेको भएपनि हिजो
भएको वार्ता विना निष्कर्ष सकिएकाले बन्द लम्बिएको पुर्वेली ट्याक्सी व्यवसायी संघ
इलामका अध्यष गृष्म सुब्बाले बताउनुभयो ।
उहाँले भन्नुयभो -’वार्तामा सहमतिको प्रयास भएपनि घटनालाई अतिर ञ्िजत गराउने प्रयास भयो, युवती र उनको परिवार सहमितमा आउन सहमत भएपनि, युवतीका व्वाईफ्रेन्डले युवाहरु परिचालन गरि यातायात मजदुरलाई धम्की दिने गरेका कारण हामी सवारी सञ्चालन गर्न असमर्थ भएका हौ ।’ सुब्बाले दोषीले सजाय पाउनुपर्ने भन्दै भन्नुभयो ‘यदी सुनिलले गल्ति गरेको भए कानुन अनुसार कारबाही हुनुपर्छ, तर जो कोहीले धम्काउने थर्काउने कार्य बन्द हुनुपर्छ यस्ता कार्यको हामी विरोध गर्दछौं ।’

वन्दका वेला दुध, चिया, कुनीतिक नियोग, विद्यालय,
एम्वुलेन्स, भ्रमणका गाडि र मोटरसाइकल भने चल्न दिने वताइएको छ ।
No comments:
Post a Comment