Sunday, 5 May 2013

यु.एस.एका मगरहरूले पूर्ब मंत्री खपांगीलाइ सहयोग,हुम थापा मगरलाई बिदाइ गरे

अप्रिल 4,दोहा कतार,२ अप्रिलका दिन बेलुकी न्युर्योक, ज्याक्शनहाईट स्थित जनजाति महिला महासंघ युएसएका अध्यक्ष संगिनी रानामगरको निवासमा रात्री भोजको आयोजना गरि नेपाल मगर संघका पूर्ब अध्यक्ष तथा भुतपूर्ब मंत्रि तथा जनजातिका अग्रज बादशाह,राजनेता गोरे बहादुर खपांगी मगरलाई यूएसएमा बसोबास गरि रहेका मगर हरुको सस्था मगर संघ युएसएले अमेरिकन डलर ५०० आर्थिक सहयोग र खपांगीको स्वास्थ्य लाभको कामना गर्यो ।
(संगिनी रानाका टिम मम बनाउन ब्यस्त,कोइ भने खानामै ब्यस्त उन्कै निवासमा)

खपांगी मोटरसाईकल दुर्घटनामा परि केहि दिन देखि अन्नपूर्ण न्युरो हस्पिटलमा उपचारमा हुनुहुन्छ । उहाको स्वास्थ्यमा क्रमिकरुपमा सुघार भएता पनि अझै केहि समय आसियुमै रहने उहाका उपचारमा खटिरहनु भएका छोरी जवई चन्द्र बहादुर थापा मगरले राज्यसत्ता डट्कम् लाई जानकारी दिए ।
सोहि दिन आदिबासी जनजाति महासंघ हंगकंगका सस्थापक अध्यक्ष तथा मगर संघ हंगकंगका भुतपूर्ब अध्यक्ष साथै यसै राज्यसत्ताका निर्देशक हुम बहादुर थापा मगरलाई पनि बिदाई गरियो । थापा मगर बिगत ३ महिना देखि यूएसएमा आफ्नो ब्याक्तिगत भ्रमणमा आएका थिए । थापा मगर आफ्नो भ्रमण सकि ३ अप्रिलकै दिन कतार एयरलाईन्स द्धवारा दोहा हुदै नेपाल फर्किसकेका छन् ।
सोहि रात्रीभोजमा थापा मगरलाई बिदाई गर्न आदिबासी जनजाति महिला महासंघ अमेरिकाकि अध्यक्ष संगिनी राना मगर,सोही सस्थाकी महासचिब तथा नेपाल पत्रकार संघ अमेरिका (नेजा) की सदश्य ईन्दिरा चोम्बांग,मगर संघ युएसएका महासचिब मान राना मगर,सोहि सस्थाका कोषाध्यक्ष भुजेन्द्र पुन मगर आदिबासी जनजाति महासंघ अमेरिका का अध्यक्ष बिनोद पोमु लिम्बु , हेभेन्लिपाथ अमेरिकाकि अध्यक्ष सुकु राई,ब्लुओशनमा कार्यरत भवानि नेम्बांग साथै बरमाया मगर,शाक्य सर, सेर्पा सर र उहाका धर्म पत्नि लगाएतको उपस्थित रहेको थियो ।
(मगर संघ यूएसएका महा सचिब मान राना पछिल्लो दायांमा,अगाडि दायां बसेका बिनोद पमु)

सोहि बिदाई समारोहमा पूर्ब मंत्री खपांगी मगर लाई रकम हात लगाईदिने गरि उपस्थित महानुभाव हरुले पनि नेपाल जादै गरेका हुम बादुर थापा मगरलाई रकम हस्तान्तरण गरे । साथै युएसएकै बोस्टन शहरमा कार्यरत बेस्टन मगर समाज र गैरमगर हरुले पनि ५५० डलर सहयोग गरे्को राज्यसत्ता डट्कम्लाई बिके राना मगरले जानकारि दिए । न्युर्योक बाट सहयोग रकम दिने महानुभाव हरुको नाम यस प्रकार रहेको छ :
१ मगर समाज यू.एस.ए ५०० डलर
२ संगिनी राना मगर २०० डलर
३ सुकु राई १०० डलर
४ महेन्द्र थापा मगर १०० डलर
५ मान राना मगर ५१ डलर
६ भुजेन्द्र पुन मगर ५१ डलर
७ खड्क पुन मगर ५० डलर
८ लोक मगर ५० डलर
९ ईश्वर आले मगर ५० डलर
१० डाल राना ५० डलर
११ हुम थापा मगर ५० डलर
१२ भवानी नेम्बांग २० डलर
१३ ज्ञान राई २० डलर
लगाएतले रकम जम्मा यूएसए १२९२ डलर सहयोग गरेका थिए । (दोहा,कतारको Transit कक्षा बाट)

No comments:

Post a Comment