१९ वैशाख, चितवन । नेपाली सेनाले सञ्चालन गरेको
शैन्य छनोट प्रक्रियामा सेनामा भर्ती गरिदिने भन्दै रु ६ लाख लिई दुईजना फरार भएका
छन् । शम्सेर दल गण भरतपुरमा भर्ना गरिदिने भन्दै कोहलपुर निवासी शान्ता नेपाली र
आफूलाई नेपाली सेनाको मेजर बताउने एकजना पुरुष आठजना युवाबाट रु ७५ हजारका दरले रकम
लिई फरार भएका हुन् । भर्ना छनोट प्रक्रिया चलिरहँदा फर्जी प्रवेशपत्र
निर्माण गरी नेपाली सेनाको जङ्गी अड्डाको नक्कली स्टयाम हानी भर्ना सेनामा गरिदिने
भन्दै निजहरुसँग रु एक लाख ५० हजार माग गरेको र पहिलो किस्तामा रु ७५ हजारका दरले
लिएको कोहोलपुरका भूपिन शर्माले बताउनुभयो । उनीहरु यही वैशाख १४ गते साँझ
भरतपुरस्थित केन्द्रीय बस ट्रर्मिनलमा रहेको जनता होटल र गौरव गेस्ट हाउसबाट भूपिन
शर्मा, अमित सिंहसहित उनका अन्य ६ साथीहरुसँग सो रकम लिएर फरार भएका हुन् ।
नेपाली सेनामा भर्ना हुने आशमा आएका शर्मालाई शम्सेर दल गणको भर्ना छनोट समितिले यही वैशाख १५ गते नक्कली कागजपत्र भेटेपछि भर्ना छनोटमा सहभागी नगराएको गणका गणपति ज्योतिन्द्र महतले बताउनुभयो । निजहरु ती युवासँग पैसा लिई राति ३ बजे आफू बसेको गेष्ट हाउसको झ्याल फोडी भागेका हुन् । पैसा लिएर फरार रहेकी शान्ताका श्रीमान् ठाकुर नेपाली धादिङमा नेपाली सेनामा नै कार्यरत रहेका छन् भने आफूलाई मेजर भन्ने युवकको बारेमा भने उनी को हुन् भन्ने पुष्टि हुन सकेको छैन । निजहरुले ती युवकलाई चितवनमा भर्ना छनोट प्रक्रियामा सफल बनाउन नसकेको भन्दै नेपालगन्जमा भर्ना गरिदिने बताएको पीडित सिंहले बताउनुभयो ।

शम्सेर दल गण भरतपुरका गणपति महतले निजहरुको खोजी
कार्य भइरहेको बताउनुभयो । आफूसँग आएको फर्जी प्रवेशपत्र नेपाली सेनाको
निर्देशनालयमा पठाएको उहाँले जानकारी दिनुभयो । नेपाली सेनाको भर्ना छनोट प्रक्रिया
देशभरि जारी रहेको छ । चितवनको शम्सेर दल गणका लागि १२५ जना शैन्यको माग भएको छ ।
सो पदका लागि एक हजार ३०० जनाले निवेदन दिएका थिए । रासस
No comments:
Post a Comment