Tuesday, 21 May 2013

दश दिन ३१ चोर समातिए

काठमाडौ, जेष्ठ ७ - दिउँसोको समयमा राजधानीका बिभिन्न स्थानमा चोरी गर्दै हिड्ने ३१ चोरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको संयूक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बैशाख ३१ गते देखी चोरी नियन्त्रणका लागि सुरु गरिएको बिशेष अभियानमा यि चोरहरु समातिएका हुन् ।
thiefकाठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले चोरको बढि सक्रियता हुने स्थानलाई पहिचान गरेर गरिएको अप्रेसनबाट ३१ जनालाई समातिएको बताए । महानगरीय प्रहरी बृत महाराजगञ्ज, बौद्ध, बालाजु, बानेश्वरले उक्त अप्रेसनबाट ३१ जनलाई पक्राउ गरेको हो । 'चोरी बढुन चुनौती थियो, दुबै कार्यालयले योजना बनाएर संयूक्त रुपमा काम गर्दा नतिजा पनि निस्कियो' एसएसपी घिमिरेले भने 'यि चोरलाई समातेपछि चोरीका घटना कम भएका छन् ।'
यो अभियानमा बौद्ध बृतले ९, बानेश्वर ८, महाराजगञ्ज ५, बालाजु बृत ७, कमलपोखरी प्रभागले २ जना र जनसेवा १ सहित ३१ जना पक्राउ गरेको हो । यो अभियान सुरु हुनु अघि दैनिक ७ देखी १० वटासम्म चोरीका उजुरी पर्ने गरेका थिए । अहिले त्यसको तुलनामा दश दिनमा १० वटा समेत नभएको उनले बताए । चोरी ठप्पै हुने भन्दा पनि कम गराउने कोशिस गर्ने हो घिमिरेले भने हामी त्यसमा सफल पनि भयौं ।
दिउसो घरमा कोही नभएका बेला बिहान साढे १० बजे देखी सांझ ५ बजेको समयमा चोरी हुने गरेको पाइएको छ । 'घरमा कोही नभएको मौका छोपेर छिमेकमै बस्ने बेरोजगारहरुले चोरी गर्ने गरेको पाइयो' उनले भने । उनका अनुसार घर सफा गर्न आउने, मर्मत सम्भार र नयाँ घरमा कलर गर्न आउनेहरूकै प्रत्यक्ष संलग्नता वा उनीहरूले दिएको सूचनाका आधारमा अर्को समूहले चोरी गर्ने गरेका छन् ।
राजधानीमा दिउँसोको समयमा हुने अधिकांश चोरीका घटनामा पटके चोर संलग्न हुने प्रहरी अधिकारीहरू बताउँछन् । बोतल-कागज टिप्न जानेदेखि घरमा कोही नभएको मौका पारेर ताला फोडेर चोरी गर्ने गरेको पाइएको छ । चोरीका सामान बरामद नभएपछि अदालतले उनीहरूलाई कम धरौटी वा धरौटी नै नराखी छाडिदिने गर्छ । '४/५ दिन थुनामा बसेर निस्किएपछि पुन चोरी नै गर्ने गरेको पाइएको छ,' महानगरीय प्रहरी आयुक्तको कार्यालयका एक अधिकृतले भने, 'पेसा नै त्यही बनाएकाहरू धेरै छन् ।' चोरीमा कम उमेरका किशोरहरूको समेत संलग्नता पाइने गरेको छ । नशालु पदार्थ प्रयोग गर्न खर्च जुटाउनका लागि चोरी गर्ने गरेको प्रहरी बताउँछ ।   
प्रहरीले दश दिनमा समातिएका ३१ च्ाोरबाट आधा दर्जन भन्दा बढि ल्यापटप, ३५ थान मोबाइल, सुनचादीका गरगहना र पित्तलका भाडाकुडा बरामद गरेको छ । चोरीबाट बानेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु कमलपोखरी र जोरपाटी क्षेत्रमा चोरी बढि भएको प्रहरीले जनाएको छ । ति चोरीका घटनामा संलग्नहरु ब्यावसायिक चोरहरु रहेको उनले बताए । भारतबाट चोरी गर्नकै लागि योजना बनाएर आउने र चोरी गरेपछि पुन फर्किएर जाने गरेको प्रबृती पाइयो घिमिरेले भने सटर काट्ने फलामे औजार सबै प्रविधी अपनाएर चोरी गर्ने गरेको पाइयो । प्रहरीले यो अभियानलाई निरन्तरता दिने बताएको छ । यसरी चोरी गर्ने समुहलाई पक्राउ गर्न प्रहरीले सुराकी प्रयोग गरेको थियो । रातको समयमा हुने चोरी नियन्त्रणका लागि ट्याक्सी चालकलाई सुराकीको रुपमा प्रयोग गरिएको थियो ।
बक्स
डकैती गर्ने पक्राउ
कालिकास्थान स्थित अमृतभोगका सञ्चालक विनोद कुमार अग्रवालकी श्रीमतीलाई बन्धक बनाएर डकैती गर्ने ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले मुख्य योजनाकार देखी डकैती गर्ने सबैलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । ८ दिन अघि कमलपोखरी स्थित घर गएर अग्रवालकी श्रीमती सुलोचनालाई कुटपिट गर बाधेर झण्डै एघार लाख जति रुपैंया डकैती गरेका थिए । ति ब्यक्तिहरु ब्यावासायिक अपराधी भएको र उनीहरुको साथबाट पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment