Wednesday, 22 May 2013

आदिवासी जनजातिलाई थ्रेसहोल्ड अस्वीकार्य

८ जेठ, काठमाडौं । आदिवासी जनजाति महासंघले अगामी संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड स्वीकार्य नहुने बताएको छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले आदिवासी जनजातिलाई थ्रेसहोल्ड कुनैपनि हालतमा मान्य नहुने, संविधानसभाको सिट संख्या नघटाई पहिलेकै यथावत ६०१ काय हुनपर्ने, एक जाति एक प्रतिनिधि सुनिश्चित हुनुपर्ने लगायतका माग राखेका छन् । आदिवासी जनजातिका मागका विषयमा मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सकारात्मक प्रतिकृया दिनुभएको महासंघका महासचिव पेम्बा भोटेले बताउनुभयो ।
जवाफमा रेग्मीले आदिवासी जनजातिका मागप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै जनजातिका मुद्दामा आफु सकारात्मक भएको बताउनुभयो । ज्ञापनपत्र बुझाउन महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालको नेतृत्वमा आदिवासी जनजाति सम्बद्ध संगठनका पदाधिकारीहरु सिंहदरवार गएका थिए ।

No comments:

Post a Comment