बर्दिया, जेष्ठ १२ । राजेन्द्र महतो समूहको
सद्भावना पार्टीले आह्वान गरेको मधेश बन्दका कारण आज तराईका जिल्लाको जनजीवन
प्रभावित बनेको छ । बन्दले धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, पर्सा,
मोरङलगायतका जिल्लाका जनजीवन असर परेको छ ।
पश्चिम तराईका चितवन, नवलपरासी,
रुपन्देही, कपिलवस्तु, बर्दियालगायतका जिल्लामा पनि यातायातका साधन चल्न दिइएको छैन
।
तत्काल चुनावको मितिको घोषणा गर्नुपर्ने, महतोको अनसनमा हस्तक्षेप गर्नेलाई कारवाही गर्नुपर्ने जस्ता माग उनीहरुको छ । सर्लाहीमा भने बन्दकर्ताले नवलपुर–लालवन्दीबीचको जंगलमा एउटा ट्रकमा आगजनी गरेका छन् । नवलपुरमा पसल बन्द गराउँदै हिँडेकालाई प्रहरीले रोकेपछि बन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् । सप्तरीको भारदहमा पनि सडक अवरुद्ध गरी राजमार्ग ठप्प पारिएको छ ।

No comments:
Post a Comment