रुकुम, जेष्ठ १२ । सरकारले रुकुममा गरीबी परिचय
पत्र वितरण गर्न तयारी तिब्र पारेको छ । गरीब पहिचान गरी विभिन्न चरणमा परिचय पत्र
बितरण गरिने छ । सदरमुकाममा जिल्लास्तरीय समन्वयात्मक कार्यक्रम, गाविस सचिवलाई
जानकारी र गरीबको तत्थ्यांक संकलन थालिएको कार्यक्रम संयोजक नवराज सापकोटाले
जानकारी दिएका छन् ।
परिचय पत्र वितरण गर्न सचिवालय बनाइएको छ । केन्द्रमा
पुग्नुपर्ने सामग्री पनि पुगिसकेको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी
दिए । गरीबको तथ्यांक संकलनपछि उनीहरुको पहिचान गरी भदौ १ गतेदेखि परिचय पत्र बितरण
गरिने छ ।
No comments:
Post a Comment