Tuesday, 28 May 2013

पूरानै कानुन अनुसार निर्वाचन गराऊः जनजाति महासंघ

काठमाडौ, जेष्ठ १४ - नेपाल आदिवासी जनजाति महासंघले विगतकै निर्वाचन ऐन नियमलाई यथावत कायम राख्न माग गरेको छ । उसले विघटित संविधानसभाको निर्वाचनका बेला राखिएका प्रावधान अनुसार नै निर्वाचन गराउनुपर्ने भनेको छ ।
janjatiमहासंघका अध्यक्ष नगेन्द्र कुमालले मंगलबार विज्ञप्ती जारी गर्दै संविधानसभाको सिट संख्या घाटाउने र थ्रेसहोल्डको प्रस्ताव मान्य नहुने जनाएका छन् । संविधानसभा विघटन भएको दिन जेठ १४ गतेलाई कालो दिवसको रुपमा लिएको भन्दै महासंघले चार राजनीतिक दलले मात्र गर्ने निर्णय मान्य नहुने चेतावनी दिएको छ ।
आफ्नो संविधान आफै निर्माण गर्ने उपयुक्त माध्यम संविधानसभा निर्वाचनमा आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, मधेसी र अपाङ्ग लगायत पछाडि पारिएका समूदायको प्रतिनिधित्वमा बन्देज लगाउन सिट संख्या घाटाउने र थ्रेसहोल्डको खेल भइरहेकोमा महासंघले आपत्ति प्रकट गरेको छ ।

No comments:

Post a Comment