Tuesday, 21 May 2013

सडक बगाउँदा नवलपरासीमा राजमार्ग अबरुद्ध

नवलपरासी, जेष्ठ ७ - महेन्द्रराजमार्गअन्तर्गत नवलपरासीको लोकाहाखोलामा बनाइएको डाइभर्सन -वैकल्पिक सडक) बगाएका कारण बिहान सात बजेदेखि यातायात अबरुद्ध भएको छ ।
Highwayकरिब एक वर्षअघि लोकाह पुल भाँचिएपछि त्यहाँ अस्थायी डाइभर्सन सडक बनाइएको थियो । आज बिहानैदेखि परेको लगातारको वर्षादका कारण खोलामा बढेको बढेको बाढीले त्यहाँको करिब ३० मिटर भाग बगाएको छ ।
गत भदौमा लोकाह पुल भाँचिएपछि त्यहाँ अस्थायि डाइभर्सन सडक बनाएर यातायात सुचारु गरिएको थियो । ११  महिना बितिसक्दा पनि सडक कार्यालयले ब्यस्त राजमार्गको पुल निमार्णमा चासो नदेखाएका कारण यो हबिगत भएको हो ।
नारायणगढ खण्डको कावासोतीमा  सैयौ सवारी साधन रोकिएका छन् । पानी रोकिएपछि बाटो बनाएर राजमार्ग खुलाइने प्रहरीले जनाएको छ ।  तीनसाता अघिदेखि मात्र त्यहाँ भाँचिएको खण्ड निमार्णमा सडकले चासो देखाएर सुस्तगतिमा काम थालेको छ । लगातार पानी परे अवरोध लामो समय हुनसक्छ ।

No comments:

Post a Comment