Monday, 20 May 2013

तमु धिं नेपालले स्थापना दिवस मनायो

६ जेठ । तमू धिं नेपालले २९ औं स्थापना दिवस मनाएको छ ।
यसैअवसरमा आइतबार पोखरामा भएको कार्यक्रममा तमू धिंका अध्यक्ष कर्म तमूले तमू समुदायको भाषा, संस्कृति संरक्षणका लागि यो संस्थाले गर्दै आएको कार्यक्रमबारे चर्चा गर्नुभयो । अध्यक्ष तमुले तमु समुदाय पहिचानको दिलाउन आफूहरू संघर्षरत रहेको बताउनुभयो । कार्यक्रममा सल्लाहकार सन्तबहादुर तमुले तमुहरूको अधिकारका लागि सम्पूर्ण तमुलाई एकजुट हुन आग्रह गर्नुभयो । समाजसेवी जयबहादुर तमुले पहिचानका लागि सचेत रहन सम्पूर्ण तमूलाई आग्रह गर्नुभएको थियो । त्यस क्रममा तमु समुदायको कला तथा संस्कृतिमा योगदान पु¥याएवापत युवा गायक धनबहादुर तमु, गायिका शान्ति तमु र पोखरा नगर विकास समितिका नवनियुक्त सदस्य राजबहादुर गुरुङलाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो । तमू धिंको स्थापना २०४२ सालमा भएको थियो । 

No comments:

Post a Comment