
काठमाडौं, जेष्ठ ५ । खाडीमुलुक साउदी अरबकी युवती
राहा मुहारकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने
पहिलो साउदी महिला बन्न सफल भएकी छिन् । २५ वर्षीया राहा अरब मुलुकबाट सगरमाथा
आरोहण गर्ने सबैभन्दा कम उमेरकी महिला पनि बनेकी बीबीसीले जनाएको छ।
चार
सदस्यीय आरोहण दलको साथमा सगरमाथा चढेकी राहाको समूहले नेपालमा शैक्षिक योजनाका
लागि १० लाख डलर उठाउने उद्देश्य राखेको छ ।
महिलाहरु आधारभुत अधिकारबाट निकै पछाडि पारिएका साउदी अरबकी राहाको सगरमाथा आरोहणलाई अन्त्यन्त चुनौतिका रुपमा हेरिएको थियो। राहा हाल दुबईमा बस्दै आएकी छन् ।
महिलाहरु आधारभुत अधिकारबाट निकै पछाडि पारिएका साउदी अरबकी राहाको सगरमाथा आरोहणलाई अन्त्यन्त चुनौतिका रुपमा हेरिएको थियो। राहा हाल दुबईमा बस्दै आएकी छन् ।
No comments:
Post a Comment