नेपाल आदिवासी जनजाती महासंघको आठौं
महाधिवेश:


चितवन, बैशाख २९ । चितवनमा जारी नेपाल आदिवासी जनजाती
महासंघको आठौं महाधिवेशनमा जातीय पहिचानसहितको संघीयता र त्यसको स्वरुपबारे छलफल
भइरहेको छ । आजदेखि सौराहामा शुरु भएको बन्दसत्रमा आदिवासी जनजातिका अधिकार स्थापित
गर्न चाल्नुपर्ने कदमबारे छलफल भइरहको जनाइएको छ । बन्दसत्रमा विभिन्न जातिय संगठन,
जिल्ला समन्वय समितति लगायत गरी ५ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी छन् ।
महाधिवेशनले आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा
नगेन्द्र कुमाल, चन्द्रबिक्रम राई, नरेश ताम्राकार, पेमाछिरिङ शेर्पा र नित्यानन्द
ताजपुरियाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् ।
No comments:
Post a Comment