चितवन, वैशाख ३१ - चितवनको सौराहामा जारी नेपाल आदीवासी जनजाति महासंघको आठौं
महाधिवेशनबाट अध्यक्षमा नगेन्द्र कुमाल निर्वाचित भएका छन् । उनले ३२ मत ल्याए भने
उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रबिक्रम राईले १८ मत ल्याएका छन् । जित्ने कुमाल
कांग्रेसका हुन् ।
उनलाई एमाले लवीले पनि सघाएको हो । लामो समयदेखि एमाले समर्थित
नेतृत्व रहेकोमा यसपटक परिवर्तन भएको हो ।
त्यस्तै महासचिवमा पेम्बा भोटे निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर बराम छन् । उपाध्यक्षमा हिमालबाट डण्डु शेर्पा,पहाडबाट सुर्य भुजेल,तराईबाट रामअवतार मण्डल,भित्रि तराईबाट सफिया दराई र महिलाबाट रोशनी मेचे छन् । कांग्रेस र एमालेबीचको एलाइन्सकै कारण महासचिवमा एमाले समर्थित आएका छन् ।
त्यस्तै पांच सदस्यीय सचिवमा यसोदा चौधरी, गणेशराज थकाली, यमबहादुर चेपाङ, ध्यानी उराउ र चिनियाँ माझी छन् । सोमबार राति १० बजेबाट सुरु भएको निर्वाचन १२ बजे सकिएको थियो । मत परिणाम भने राति साढे १ बजे सार्वजनिक भएको महासंघले जनाएको छ । २८ गत्तेबाट सुरु महाधिबेशन नेतृत्व चयनमा सहमति हुन नसक्दा निर्वाचन भएको हो ।

No comments:
Post a Comment