चितवन, वैशाख २८ । चितवनको भरतपुरमा आजदेखि नेपाल आदिवासी जनजाति महासंघको आठौं
राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा
हुने महाधिवेशनको उद्घाटनपूर्व हिजो भरतपुरमा मोटरसाइकल ¥याली निकालिएको थियो ।
महाधिवेशन सफल पार्न देशभरका ७१ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरु भरतपुर
पुगिसकेका छन् ।
महाधिवेशनका लागि एक महिना अघिदेखि तयारीमा जुटेको
महासंघले चितवनलाई सिंगारेको छ । महाधिवेशनको उद्घाटन सत्रमा एमाओवादीका नेता
वर्षमान पुन, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा, समाजवादी जनता दलका अध्यक्ष
अशोक राईलगायतका नेतालाई बोलाइएको छ । महाधिवेशनमा मुख्य चार राजनीतिक दलका शीर्ष
नेताहरुलाई सहभागी भने नगराउने भएको छ ।
आदिवासी जनजातिको मुद्वामा राजनीतिक दलहरुले भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले चारै दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मद्येसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई कार्यक्रममा निम्तो नगरिएको बताए । बन्द सत्र आईतबार र सोमबार सौराहामा हुनेछ । महाधिवेशनले १३ सदस्यीय सचिवालय पदाधिकारी समेत चयन गर्ने छ । महाधिवेशन २३ वर्षपछि राजधानी बाहिर गर्न लागिएको हो ।

No comments:
Post a Comment