१८ वैशाख, काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा
(डिभी) कार्यक्रम २०१४ को नजिता बुधबार राति सार्वजनिक हुँदैछ । नजिता
www.dvlottery.state.gov मा उपलब्ध हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ
। सन् २०१३ अक्टोबरमा थप नतिजा प्रकाशित हुनसक्छ ।
डिभी-२०१४ को लागि दर्ता अवधि सन् २०१२ अक्टोबर २ देखि सन् २०१२ नोभेम्बर ३ सम्म
खोलिएको थियो ।
डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा
पत्राचार मार्फत जानकारी नगराइने भन्दै दूताबासले जालसाजीपूर्ण ईमेल र चिट्ठीबारे
होशियार रहन अपील गरेको छ ।
No comments:
Post a Comment