Wednesday, 1 May 2013

साताअघि कक्षा १२ को प्रश्नपत्र आउट

बाँके, वैशाख १८ - कक्षा १२ को आंशिक अंगे्रजी विषयको प्रश्नपत्र बाँकेको कोहलपुर परीक्षा केन्द्रबाट साताअघि 'आउट' भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षा सुरु गरेकै दिन मंगलबार वैशाख २३ गते हुने भनिएको आंशिक अंग्रेजीको प्रश्नपत्र विद्यार्थीलाई वितरण गरिएपछि आउट भएको हो ।
higher secondaryवागेश्वरी एकेडेमी कोहलपुर परीक्षा केन्द्रका कक्षा १२ का नियमित विद्यार्थीलाई उक्त प्रश्नपत्र वितरण गरिएको थियो । केन्द्राध्यक्षको लापरवाहीकाले प्रश्नपत्र सार्वजनिक भएको परिषद् कोहलपुरले जनायो ।
परिषद्ले सञ्चालन गरेको पहिलो दिन नियमिततर्फको अंगे्रजी विषयको परीक्षा तोकिएको थियो । तर उक्त केन्द्रमा भने आंशिक अंग्रेजीको प्रश्न वितरण गरिएको पाइएको थियो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलराम यादवलाई तोकिएको परिषद्ले जनायो ।
प्रश्नपत्र वितरण गरेको २० मिनेट परीक्षा सञ्चालन भएको थियो । केन्द्राध्यक्ष, परिषद्का कर्मचारी र परीक्षार्थीले फरक कक्षाको प्रश्नपत्र वितरण गरेको बारे थाहा पाएका थिएनन् । विद्यार्थीहरू परीक्षा दिनमा व्यस्त थिए । परीक्षा निरीक्षकले ढिलो गरी प्रश्नपत्रमा आंशिक लेखिएको देखेपछि एकाएक परीक्षा स्थगित गरिएको परिषद्ले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख हरिशरण वाग्लेले ६ दिनपछि सञ्चालन हुने विषयको प्रश्नपत्र सार्वजनिक भइसकेको स्वीकार गरेका छन् ।
उनले लापरवाहीका कारण त्यस्तो हुन गएको दाबी गरे । 'विद्यार्थीलाई मंगलबार नियमित परीक्षाको प्रश्नपत्र वितरण गर्नुपर्नेमा आंशिक विषयको परेछ,' उनले प्रशनपत्र आउट हुने कारण खोल्दै भने, 'आंशिकको रद्द गरी नियमितको परीक्षा सञ्चालन गरेका छौं ।' आंशिकको अंग्रेजी विषयको प्रश्नपत्र सार्वजनिक भइसकेको बारे केन्द्रलाई जानकारी गराइएको छ । केन्द्रको निर्णय नआउँदा आंशिकको परीक्षा अन्योलमा परेको छ । 'नियतवसभन्दा पनि लापरवाही भएको छ ।
परीक्षा केन्द्रसम्म सुरक्षा घेरामा प्रश्नपत्र लगिएकाले जाँचबुझ गरी प्रश्नपत्र आउट गरिएको होइन । तर फरक विषयको प्रश्न पर्‍यो,' वाग्लेले दाबी गर्दै भने । प्रश्नपत्रको खाम बाहिर सम्बन्धित विषय र नियमित वा आंशिक परीक्षा हो भन्ने उल्लेख गरिएको परिषद्ले जनाएको छ । तर केन्द्राध्यक्षले प्रश्नपत्र बुझ्ने र परिषद्का कर्मचारीले बुझाउने बेला ध्यान नदिँदा उक्त घटना भएको हो । बाँकेका कक्षा ११ र १२ का ९५ हजार ३ सय ६५ विद्यार्थी परीक्षामा सहभागी छन् ।

No comments:

Post a Comment