Thursday, 25 April 2013

अशोक राईले भने, ‘सत्ताको होडबाजीले मुलुक संक्रमणको चपेटामा’


धनकुटा, १२ वैशाख। सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रमुख दलहरु सत्ताको होडबाजीमा लागेकाले मुलुकमा दिन प्रतिदिन सङ्क्रमण बढ्दै गएको बताउनु भएको छ। धनकुटामा बुधबार आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रमुख दल भनिएका माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले जनताले उठाएको मुद्दालाई बिर्सिएर सत्तामा पुग्नका लागिमात्र होडबाजी गरिरहेको आरोप लगाउनुभयो।
नेपाली जनताले चाहेको पहिचानसहितको सङ्घीयतालाई प्रमुख दलहरुले ओझेलमा पारेको अध्यक्ष राईको भनाइ थियो । एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टी गठन भएपश्चात् पहिलोपटक धनकुटा आउनुभएका राईले आफ्नो पार्टीले जनताले उठाएका मुद्दालाई प्रमुखताका साथ उठाउने दाबी गर्नुभयो ।

No comments:

Post a Comment