४ वैशाख, हेटौँडा । हेटौंडाको भैसे गाविस-१ स्थित
कुलेखानी जलविद्युतमा दोस्रो आयोजनाको कम्पाउन्डमा रहेको तीनवटा विद्युत
ट्रान्सर्फमरमा गए राति आगलागी हुँदा करिब २५ करोड रुपैयाँ बराबरको सम्पत्ति जलेर
नष्ट भएको छ । गएराति पौने १२ बजे सो ट्रान्सर्फमरमा भएको
आगलागीबाट सो मूल्य बराबरको नोक्सान भएको आयोजना प्रमुख कृष्णप्रसाद यादवले जानकारी
दिनुभयो । आगलागीका कारण कुलेखानी दोस्रोबाट उत्पादन हुने ३२ मेगावाट विद्युत्
उत्पादन हिजो रातिबाटै अवरुद्ध भएको आयोजनाका प्रशासकीय अधिकृत शारदाविक्रम मल्लले
बताउनुभयो । आयोजनाबाट उत्पादित बिजुली जलेको ट्रान्सर्फमरबाट काठमाडौँको केन्द्रीय
विद्युत् ग्रीडमा जोडिने गरेको छ ।
नेपाली सेना, प्रहरी, स्थानीय बासिन्दा, चितवन,
वीरगन्ज र हेटौँडाका दमकलले करिब दुई घण्टापछि सो आगो नियन्त्रणमा लिएको थियो ।
रासस
No comments:
Post a Comment