देब पचभैया, काठमाडौं, वैशाख ४।‘‘जातिय पहिचान सहितको संघीयताका लागि पूर्ण समाबेशी सञ्चार’’ भन्ने मूल नाराका साथ नेपाल आदिबासी जनजाति पत्रकार संघ (अनिज) को पाँचौं राष्ट्रिय महाअधिबेशन जेठ २६ मा पोखरामा हुने निश्चित भएको छ । अनिज का केन्द्रीय अध्यक्ष मोहनसिं लामाको अध्यक्षतामा बसेको बैठकले महाअधिबेशन सफल पार्न मूल आयोजक समिति गठन गरी विभिन्न उपसमितिहरु गठन गरेको छ । आयोजक समितिमा केन्द्रीय समिति २१ जना र सल्लाहकार ३ जना राख्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकले महाअधिबेशन सफल पार्न विधान संशोधन उपसमिति, आर्थिक ब्यवस्थापन उपसमिति, प्रकाशन तथा प्रचार प्रसार उपसमिति, केन्द्रीय ब्यवस्थापन उपमिति र स्थानिय पोखरा उपसमिति गठन गरेको छ । विधान संशोधन समितिमा संयोजक गर्जुधन राई, आर्थिक ब्यबस्थापन उपसमिति संयोजक टिका प्रधान, प्रकाशन तथा प्रचार प्रसार उपसमिति संयोजक डम्बरकृष्ण श्रेष्ठ, केन्द्रीय ब्यबस्थापन उसपमिति संयोजक डण्ड गुरुङ र पोखरा स्थानिय उपसमिति संयोजक हुम गुरुङलाई तोकेको छ।
बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका अध्यक्ष, उपाध्यक्ष र सचिव गरी ३/३ जना अनिज कास्की जिल्ला शाखाबाट ११ जना र थप ७ जना गरी ५१ सदस्यीय मूल आयोजक समितिमा रहने निर्णय गरेको छ । राष्ट्रिय अधिबेशनलाई मध्यनजर गर्दै अनिज जिल्ला शाखाहरुको जिल्ला अधिबेशन २०७० साल बैशाख १५ गतेभित्र सम्पन्न गर्न सक्रिय भई लाग्ने निर्णय गरेको छ ।
अनिज जिल्ला शाखाहरुले बैशाख १५ गतेभित्र जसरीपनि अधिबेशन सम्पन्न गर्नपर्ने केन्द्रिय अध्यक्ष लामाले बताउनुभयो । यसैविच राष्ट्रिय अधिबेशनलाई ध्यानमा राखी अनिज जिल्ला शाखाहरुले जिल्ला अधिबेशन धमाधम सम्पन्न गरिरहेका छन् । हालम्म उदयपुर, तनहुँ, सुनसरी, रुपन्देही, दोलखा, गोर्खा, दाङ, धादिङ र कास्की, रुपन्देही, पाल्पा, संखुवासभा, लगायतका अनिज शाखाको अधिबेशन सम्पन्न भएका छन् । आज रोल्पा र प्यूठानको अधिबेशन हुने रोल्पा र प्यूठान शाखाले जनाएको छ ।
अन्य जिल्लाबाट आदिबासी जनजाति पत्रकाहरुको नामावली आउने क्रम जारी रहेको छ । नामावली नपठाएका जिल्ला शाखाहरुलाई यथाशिघ्र केन्द्रमा नामावली पठाउन र २०७० साल बैशाख १५ गतेभित्र जिल्ला अधिबेशन सम्पन्न गर्न अनिज केन्द्रिय समितिले प्रत्येक जिल्ला शाखालाई अनुरोध गरेको छ ।

No comments:
Post a Comment