Friday, 19 April 2013

नयाँ बर्ष २०७० बहराइनमा भब्यताको साथमा सम्पन गरियो।

मानामा ६ बैशाख । सदर्मुकाम मानामा स्थित डेल्मन इन्टरनेश्नल होटेलको प्राँगणमा बिबिध सास्कृतिक कार्यक्रमका साथ बहराइनमा हिजो अप्रिल १८ बिहीवार राती भब्यताको साथ नयाँ बर्षको स्वागत गरिएको थियो। बिदेशी भुमीमा, आफ्नो नोकरीको समयलाई मिलाएर ढिलै भएनी निक्कै उत्साहका, उमङगका साथ मनाइएको सो रमाइलो साँझ निकै नै हेर्ने लाएक थियो।
मगर संघ बहराइनले आयोजना गरेको सो कार्यक्रम चर्चित उद्घोसक श्री गोविन्द मास्की राना ज्यु द्वारा उद्घोस गरिएको थियो। नेपालका बिभिन्न जात जाती लाई समेट्ने साँस्कृतिक कार्यक्रमले समस्त नेपाली दाजुभाइ दिदी बहिनी हरुलाई भर पुर आनन्द यस कार्यक्रमले गराएको थियो। जसमा यहाँ स्थित सबै सस्थाहरुले आआफ्ना क्यालेन्दर बिमोचन पनि गरेका थिए।
कार्यक्रमको केही झलक हरु




















No comments:

Post a Comment