२६ चैत, काठमाडौं । उत्तर कोरियाले चौथो परमाणु
परीक्षणको तयारी गरेको दक्षिण कोरियाले आरोप लगाएको छ । आफ्नो खुफिया एजेन्सीको रिपोर्टपछि दक्षिणले उत्तर
परमाणु परीक्षणको तयारी गरेको आशंका गरेको हो । दक्षिण कोरियाका एक शीर्षमन्त्रीले
संसदीय समितिमा यस्तो बताएका हुन् ।
एक समाचार पत्रका अनुसार दक्षिण कोरियाको खुफिया
एजेन्सीले दिएको रिपोर्टमा कोरियाको राजधानी प्योङयाङस्थित परमाणु केन्द्रमा सैन्य
सवारी आवागमन बढेको उल्लेख छ । गत फेब्रुअरीमा उत्तर कोरियाले तेस्रो परमाणु
परीक्षण गरेको थियो ।
लगतै राष्ट्रसंघले प्रतिवन्ध लगाएपछि रुष्ट बनेको उत्तर
कोरियाले अमेरिकामाथि परमाणु आक्रमणको चेतावनी दिँदै आएको छ ।
प्योङयाङले दुई मध्यम दुरीको मिसाइल परीक्षणको
तयारी गरेको छ । जुन संस्थापक नेता किम सुंग द्वीतियको जन्मदिनको अबसर पारेर १५
अप्रिलमा परीक्षण गरिनेछ ।
जापानले भने उत्तर कोरियाको कुनै पनि मिसाइल देशको
सीमामा देखिएर आक्रमण गर्न आफ्ना सेनालाई निर्देशन दिएको छ ।
No comments:
Post a Comment