अफगानिस्तान, २६ चैत। अफगानिस्तानको राजधानी काबुलबाट दक्षिण–पश्चिममा पर्ने वारदाक प्रान्तमा सोमबार बिहान एक सडक किनारमा योजना गरिएको एक बम बससँग ठोकिँदा नौ व्यक्तिको मृत्यु भएको समाचार छ। यस आक्रमणबाट अन्य २२ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्।
स्थानीय समयअनुसार सोमबार बिहान ८ बजे सडक किनारमा राखिएको विस्फोटकपदार्थ बससँग ठोकिँदा सो दुर्घटना भएको वारदाक प्रान्तका गर्भनरका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले एएफपी समाचार समितिलाई बताउनु भएको छ।
सो दुर्घटनामा कम्तीमा २२ व्यक्ति घाइते हुनुको साथै एक महिलासहित अन्य नौ जनाको मृत्यु भएको पनि खोग्यानीले जानकारी दिनुभएको छ गत एघार वर्ष अगाडिदेखि सरकारको बिरुद्ध लडाई गर्दैआएका तालिवानी आतङ्ककारीहरूले सो आक्रमण गराएका पनि खोग्यानीले बताउनु भएको छ। यस आक्रमणबाट घाइते हुनेहरूको धेरैको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने पनि अनुमान गरिएको छ।
No comments:
Post a Comment