Thursday, 11 April 2013

लण्डनमा शुरु जी एट राष्ट्रको बैठकमा कोरियाली तनावबारे छलफल

चैत्र २९ । बेलायतको लण्डनमा शुरु भएको विश्वका शक्तिशाली राष्ट्रहरुको संगठन जी एटको बैठकमा कोरियाली प्रायद्धिपमा चुलिएको संकटबारे गंभीर छलफल भएको छ । जी एटको सदस्य राष्ट्र जापानले उत्तर कोरिया विरुद्ध कडा प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभारोभले उत्तर कोरियाको पछिल्ला गतिविधि विरुद्ध अमेरिकाको दृष्टिकोणबारे आफुहरुबीच मचभेद नरहेको बताउनु भएको छ । जी एटका विदेशमन्त्रीहरुको यस बैठकमा ईरानको आणविक कार्यक्रम, सिरिया संकट र द्धन्दकालीन समयमा हुने यौन हिंसाबारे पनि छलफल हुंदैछ ।

उत्तर कोरियाले कुनै पनि बेला मध्यम दूरीको मिसायल परीक्षण गर्ने तयारी गरेको समाचार बाहिर आईरहेको बेला दक्षिण कोरियाले सुरक्षा सतर्कताको तहलाई “उच्च धम्की” को स्तरमा राखेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार दक्षिणको राष्ट्रिय प्रहरी एजेन्सीले पनि सतर्कताको तहलाई “सतर्कता” बाट “चेतावनी” को तहमा पु¥याएको छ ।
यस्तै राजधानी सोलस्थित विदेशी दूतावासहरु, जमिनमुनीका महत्वपूर्ण स्टेशनहरु र पट्रोलका क्षेत्रहरु गरी ७ सय ७० भन्दा बढी स्थानहरुमा सुरक्षा गस्ती बढाइएको पनि जनाइएको छ । जापानले पनि मुलुक उच्च सुरक्षा सतर्कतामा रहेको भन्दै सबै सावधानीका उपाय अपनाएको जनाएको छ । उत्तर कोरियाको बलियो सहयोगी चीनबाट पर्यटक उत्तर लैजाने कार्य पनि स्थगित गरिएको छ । उत्तर कोरियाले करिब ३ हजार किलोमिटर सम्म मार हान्ने क्षमताको एउटा ब्यालेष्टिक मिसायलमा इन्धन भरेर परिक्षणका लागि तयारी अबस्थामा राखेको विश्वास अमेरिका र दक्षिण कोरियाले गरेका छन् । दक्षिण कोरियाका विदेश मन्त्री युन वुङ सिले संसदमा बोल्दै उत्तर कोरियाले कुनै पनि बेला परिक्षण गर्नसक्ने जानकारी दिनु भएको थियो । उत्तर कोरियाले यसअघि पनि त्यस क्षेत्रमा संकट र तनाब बढेका बेला विभिन किसिमका मिसायल परिक्षण गरेको थियो । प्योङयाङले दक्षिण कोरिया, जापान र कोरियाली प्रायद्विपमा रहेका अमेरिकी सैन्य बेशहरुका आक्रमणको धम्की दिनहुं दिईरहेको छ ।

No comments:

Post a Comment