काठमाडौं, वैशाख ९ । सिरियामा पछिल्लो पटक सरकारी
सेनाले राजधानी दमस्कसनजिकको एक शहरलाई घेरा हाली सामूहिक हत्या मच्चाएको खबर छ ।
बीबीसीका अनुसार ८० जना मारिएको पुष्टी भएको छ । विपक्षीहरुले यो संख्या चार सय ८०
सम्म पुग्नसक्ने अनुमान गरेका छन् । मारिनेमा धेरैजसो बालकालिका र महिला छन् ।
जदैदेत अल फादल शहरमा पाँच दिनसम्मको भीषण संघर्षपछि सरकारी सेनाले घेरा हालेर हत्या गरेको आरोप विपक्षीको छ । सरकारले भने केही आतंकवादीहरु मारिएको भनेको छ । विपक्षीको नियन्त्रणमा रहेको दमास्कस शहर वरिपरीको क्षेत्रलाई खाली गराउने अभियानमा अहिले सरकारी सेना रहेको छ ।
वेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नाम मानवअधिकारवादी संस्थाले पनि मानिसलाई उम्किने अवसरनै नदिई हत्या गरिएको र यो संख्या दुई सय ५० नाघ्न सक्ने जनाएको छ । सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बशार अल असदको सत्ताविरुद्ध भएको आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिक मारिइसकेका छन् ।

No comments:
Post a Comment