
काठमाडौं, वैशाख ९ । मूख्य राजनीतिक दलले आगामी
निर्वाचनमा महिला उम्मेदवारको संख्या ३३ प्रतिशतबाट ५० प्रतिशत पुर्याउने बताएका
छन् । अन्तर पार्टी सञ्जालले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले महिलालाई
समाजिक, आर्थिकसँगै राजनीतिक क्षेत्रमा अगाडि बढाउनु पर्नेमा जोड दिए । एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र संसद्मा समान महिला
प्रतिनिधित्व भएमात्र लोकतन्त्र सुदृढ हुने बताएका छन् । राजनीतिमा महिलाको
बढ्दो प्रतिनिधित्व सुनिश्चित गर्नको लागि महिला र पुरुषको एकताबद्ध र सशक्त सहयोग
जरुरी हुने बताए ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राज्यको हरेक
तहमा महिलाको समान पहुँचमा जोड दिए । महिला आरक्षणमा मात्र सीमित नभई नेतृत्वको
प्रतिस्पर्धामा आउनुपर्ने भन्दै सिटौलाले हरेक पार्टीले महिलाका मुद्दालाई
प्राथमिकतामा राख्नु पर्ने बताए ।तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीलगायतले आगामी संविधानसभाको निर्वाचनमा महिला अधिकारका विषयलाई घोषणा पत्रमा उल्लेख गर्नुपर्ने बताए । कार्यक्रममा महिला अधिकार सम्बन्धि बृत्तचित्रसमेत देखाइएको थियो ।
No comments:
Post a Comment