Monday, 22 April 2013

प्रहरीका दुई सई जेल चलान

प्रहरीका दुई सई जेल चलान
काठमाडौं,९ वैशाख । काठमाडौं जिल्ला अदातलले व्यापारी अपहरणमा संलग्न रहेको आरोप लागेका नेपाल प्रहरीका दुई सहायक निरीक्षकलाई जेल चलान गर्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश बालकृष्ण उप्रेतीको एकल इजलाशले महानगरीय प्रहरी अपराध महाशाखाका सईद्वय प्रकाश मल्ल र रुद्र पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
आदेश लगत्तै उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको छ । सोही घटनामा संलग्न अतिरिक्त सहायक निरीक्षक राजु भण्डारीलाई भने एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ । 
काठमाडौंको महावौद्धबाट एक महिनाअघि भएको मूर्ति ब्यापारीको अपहरणमा अभियुक्तहरु संलग्न रहेको आरोप लागेको छ ।
उनीहरुले व्यापारी अपहरण गरी २ लाख ६० हजार रुपैयाँ र मोटरसाईकल लिएर छाडेको प्रहरीे जनाएको छ ।

No comments:

Post a Comment