सिरहा, ८ वैशाख । अर्नमा प्र.रा. गाविसका एक व्यक्तिले प्रेम विवाह गरेर घर भित्र्याएकी महिलालाई उनको आफ्नै देवर, सासु र ससुराले निर्घात कुटपिट गरी घरबाट निकालेका छन् । सो गाविस–७ का विलेक्षण महराले ६ वर्ष अगाडि भारत विहारका महुवाकी रामसुनैरदेवीसँग प्रेम विवाह गरेका थिए । विलेक्षणले प्रेम विवाह गरेदेखि भारतमै राखेको र अहिले घर ल्याउँदा उहाँको आफ्नै भाइ, आमा र बुबाले मलाइ निर्घात कुटपिट गरेर घरबाट निकालेको पीडित महिला रामसुनैरले बताइन् ।
हिजो बाँसको भाटाले कुट्दाकुट्दै घरबाट निकालेपछि केही स्थानीयको सहयोगमा घाइते रामसुनैर सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गराउँदै छिन् । कुटपिटबाट रामसुनैरको शरीरभरी निलडाम देखिएको छ । स्थानीयका अनुसार विलेक्षणले पहिले यहाँ नै विवाह गरिसकेका थिए । त्यसैले उनका आमाबुबाले अर्की केटीसँग विवाह गरेकाले कान्छी श्रीमतीलाई बस्न नदिने बताउँछन ।

No comments:
Post a Comment