उमाकान्त पाण्डे, २० चैत, दुवर्इ । संयुक्त अरब एमिरेट्स युएईको
दुबइमा एक नेपाली महिलालाई उद्दार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु महिला
कामदारको रुपमा कार्यरत महिलालाई मालिकको यातना कारण उनको ज्यान जोखिममा रहेको
अवस्थामा नेपाली जनसंपर्क समिति युएईले उद्दार गरेको हो ।
सिन्धुपाल्चोककी रमिला तमाङ ( नाम परिवर्तन) लाई
उनी कार्यरत घरको जोखिम अवस्थाबाट उद्दार गरि युएईका लागि नेपाली राजदुतावास
आबुधाबीको सेल्टर हाउसमा पुराइएको हो ।
घर मालिकको यातनामा सडकमा वेवारिशे अवस्थामा
भौतारिएको अवस्थामा जनसंपर्क समितिका केन्द्रिय उप-सभापति खेमराज बस्नेत , दुबइ
क्षेत्रिय सचिव गोपाल कंडेल तथा सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डेको
संयक्त पहलमा रमिलालाई उद्दार गरेर दुतावास सम्म पुराइएको हो ।
१९ बर्षिय तामाङ रोजीरोटीका लागि १ वर्ष अघि दुबइ
आएकी हुन । उनी के कसरि युएई छिरेकी हुन भन्ने अझै खुलेको छैन । उनी युएई आउँदा
श्रम गरे नगरेको अहिले सम्म नखुलेको उद्दारकार्यमा जुटेका सहकर्मीहरुको भनाइलाई
उद्रित गर्दै नेपाली काग्रेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिति
यूएईका अध्यक्ष चित्र केसीले जानकारी दिए । ‘नेपाली महिला मालिकको यातनाले पीडित
भएपछि घर छोडेर भागेर सडकमा अलपत्र परेको खबर अर्का नेपाली सुर्य श्रेष्ठले जानकारी
दिएपछि जनसंपर्क समितिले आफ्नो जनशक्ती परिचालन गरेर उद्दार गरेको हो’ केसीले भने
।
उनलाई उद्दार गरेर दुतावास सम्म पुर्याएका छौ ,
राजदुत धनन्जय झाले पनि जतिसक्दो छिट्टो प्रकृया पुरा गरेर उनलाई नेपाल पठाउन पहल
गर्ने बताएको समितिका सभापति केसीले बताए । नेपाली जनसंपर्क समिति युएई राजनीतिक
पार्टीको भात्री सगंठन भए पनि प्रवासमा अप्ठ्यारोमा पर्ने सबै नेपालीको लागि सहयोगी
बनेर सामाजिक कार्य गर्ने गरेको केयौ उदाहरण देखिएको यहाँ कार्यरत नेपालीको
प्रतिकृया छ ।
No comments:
Post a Comment