Monday, 1 April 2013

कुवेतमा दुई युवकद्वारा नेपाली युवतीलाई बलात्कार प्रयास

काठमाडौँ, चैत १९ (नागरिक) - कुवेतको फरवानियामा एक नेपाली युवतीलाई दुई अज्ञात पुरुषले बलात्कारको प्रयास गरेका छन्। स्थानीय अल वातान अरेबिक दैनिकका अनुसार निवासमा फर्कँदै गरेकी उनलाई पछ्याउँदै समातेर गाडीमा हाल्दै मरुभूमितिर लगेका थिए। सुरुमा ती पुरुषहरुले उनलाई सित्तैमा घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए। उनले त्यसलाई अस्वीकार गर्दै पैदलै हिँड्ने क्रम जारी राखेपछि गाडीबाट निस्केर समात्दै हात बाँधेर जबर्जस्ती गाडीमा राखी सुनसान मरुभूमितिर लगेका थिए।
प्रहरीलाई ती युवतीले दिएको जानकारी अनुसार बलात्कारको प्रयास गर्दा प्रतिकार गर्दै चिच्याएपछि उनीहरुले छाडेर गएका थिए। पीडितले दिएको बयानका आधारमा त्यहाँको प्रहरीले कार र अभियुक्तको खोजी गरिरहेको सो दैनिकले जनाएको छ।

No comments:

Post a Comment