दमक, चैत्र १९ - मतदाता नामावली अद्यावधिक गर्ने क्रममा पक्राउ परेका आफ्ना
कार्यकर्ता रिहा भएपछि मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले सोमबार गर्ने
भनेको नौ जिल्ला बन्द फिर्ता लिएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सोमबार एक विज्ञप्ति जारी गरी झापा प्रहरीले पक्राउ गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गरेपछि सोमबार गर्ने भनिएको बन्द फिर्ता लिइएको जनाएका छन् ।
आइतबार दमक– ११ सडक डिभिजन कार्यालयमा प्रहरी र आन्दोलनकारीहरूबीच झडप हुँदा
प्रहरीले लिम्बुवानका १७ जनालाई नियन्त्रणमा लिएको थियो । मतदाता नामावली अद्यावधिक
गर्ने कार्यमा अवरोध पु¥याएको र प्रहरीको गाडी तोडफोड गरेको भन्दै आन्दोलनकारीलाई
प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी
निरीक्षक हरि खतिवडाले बताए ।
आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिनभरी परिषद्का कार्यकर्ताले दमकमा नाराजुलुस गर्दै यातायात ठप्प पारेका थिए । परिषद्ले आफ्ना कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको थियो ।
यसैबीच बन्द फिर्ताको जानकारी प्रभावकारी रूपमा प्रवाह नहुँदा झापाका दमक, विर्तामोड, काँकडभिट्टालगायत कतिपय ठाउँका शिक्षण संस्था, कलकारखाना, व्यापार व्यवसायमा भने आंशिक असर पुगेको बताइएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सोमबार एक विज्ञप्ति जारी गरी झापा प्रहरीले पक्राउ गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गरेपछि सोमबार गर्ने भनिएको बन्द फिर्ता लिइएको जनाएका छन् ।
आइतबार दमक– ११ सडक डिभिजन कार्यालयमा प्रहरी र आन्दोलनकारीहरूबीच झडप हुँदा
प्रहरीले लिम्बुवानका १७ जनालाई नियन्त्रणमा लिएको थियो । मतदाता नामावली अद्यावधिक
गर्ने कार्यमा अवरोध पु¥याएको र प्रहरीको गाडी तोडफोड गरेको भन्दै आन्दोलनकारीलाई
प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी
निरीक्षक हरि खतिवडाले बताए ।आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिनभरी परिषद्का कार्यकर्ताले दमकमा नाराजुलुस गर्दै यातायात ठप्प पारेका थिए । परिषद्ले आफ्ना कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको थियो ।
यसैबीच बन्द फिर्ताको जानकारी प्रभावकारी रूपमा प्रवाह नहुँदा झापाका दमक, विर्तामोड, काँकडभिट्टालगायत कतिपय ठाउँका शिक्षण संस्था, कलकारखाना, व्यापार व्यवसायमा भने आंशिक असर पुगेको बताइएको छ ।
No comments:
Post a Comment