दमक, चैत्र १९ - मतदाता नामावली अद्यावधिक गर्ने क्रममा पक्राउ परेका आफ्ना
कार्यकर्ता रिहा भएपछि मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले सोमबार गर्ने
भनेको नौ जिल्ला बन्द फिर्ता लिएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सोमबार एक विज्ञप्ति जारी गरी झापा प्रहरीले पक्राउ गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गरेपछि सोमबार गर्ने भनिएको बन्द फिर्ता लिइएको जनाएका छन् ।
आइतबार दमक– ११ सडक डिभिजन कार्यालयमा प्रहरी र आन्दोलनकारीहरूबीच झडप हुँदा
प्रहरीले लिम्बुवानका १७ जनालाई नियन्त्रणमा लिएको थियो । मतदाता नामावली अद्यावधिक
गर्ने कार्यमा अवरोध पु¥याएको र प्रहरीको गाडी तोडफोड गरेको भन्दै आन्दोलनकारीलाई
प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी
निरीक्षक हरि खतिवडाले बताए ।
आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिनभरी परिषद्का कार्यकर्ताले दमकमा नाराजुलुस गर्दै यातायात ठप्प पारेका थिए । परिषद्ले आफ्ना कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको थियो ।
यसैबीच बन्द फिर्ताको जानकारी प्रभावकारी रूपमा प्रवाह नहुँदा झापाका दमक, विर्तामोड, काँकडभिट्टालगायत कतिपय ठाउँका शिक्षण संस्था, कलकारखाना, व्यापार व्यवसायमा भने आंशिक असर पुगेको बताइएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङदेनले सोमबार एक विज्ञप्ति जारी गरी झापा प्रहरीले पक्राउ गरेका डेढ दर्जन नेता तथा कार्यकर्तालाई बिनासर्त रिहा गरेपछि सोमबार गर्ने भनिएको बन्द फिर्ता लिइएको जनाएका छन् ।

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिनभरी परिषद्का कार्यकर्ताले दमकमा नाराजुलुस गर्दै यातायात ठप्प पारेका थिए । परिषद्ले आफ्ना कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेको थियो ।
यसैबीच बन्द फिर्ताको जानकारी प्रभावकारी रूपमा प्रवाह नहुँदा झापाका दमक, विर्तामोड, काँकडभिट्टालगायत कतिपय ठाउँका शिक्षण संस्था, कलकारखाना, व्यापार व्यवसायमा भने आंशिक असर पुगेको बताइएको छ ।
No comments:
Post a Comment