काठमाडौं, १७ चैत । बेलायतको लण्डनस्थित १२ ए
क्यानसिङटन नेपाली राजदुताबास बेच्ने सरकारी निर्णयविरुद्ध गोरखा भूतपूर्व सैनिक
संघ (गेसो)ले अदालत जाने बताएको छ । नेपालको ऐतिहासिक सम्पत्ति बचाउन मुद्दा हाल्न
लागिएको गेसो सभापति पदमबहादुर गुरुङले जानकारी दिनुभयो ।
संरक्षण गर्न नसकिएको भन्दै नेपाल सरकारले बेलायतको
लण्डनस्थित १२ ए केनसिङटन प्यालेसमा रहेको नेपाली राजदुतावास बेच्ने अन्तिम तयारी
गरिरहेको छ । दुताबासको सो भवन गोरखाहरुको बलिदानीको सम्मान गर्दै बेलायतले
नेपाललाई दिएको गेसोको दाबी छ । गोरखा सैनिक र नेपालको ऐतिहासिक सम्पत्ति रोक्नका
लागि सर्वोच्चमा मुद्दा हाल्न लागिएको गेसो सभापति गुरुङले बताउनुभयो ।
लण्डनमै मुद्दा दायर गर्ने तयारी थालेको गेसोले
नेपालको सम्पत्तिमा बेलायतमा मुद्दा नचल्ने भएकाले दूताबास बिक्री रोक्न सोमबार
काठमाडौंमा रिट दायर गर्ने तयारी गरेको गेसोले जनाएको छ । उता परराष्ट्र
मन्त्रालयले भने पानी पर्दा भवन चुहिने भएकाले मर्मत खर्च धान्न नसकिएको भन्दै
केहीवर्ष अगाडिदेखि नै भवन बेच्ने प्रयास गर्दै आएको छ ।
संरक्षण गर्न नसकिएको भन्दै नेपाल सरकारले बेलायतको
लण्डनस्थित १२ ए केनसिङटन प्यालेसमा रहेको नेपाली राजदुतावास बेच्ने अन्तिम तयारी
गरिरहेको छ । दुताबासको सो भवन गोरखाहरुको बलिदानीको सम्मान गर्दै बेलायतले
नेपाललाई दिएको गेसोको दाबी छ । गोरखा सैनिक र नेपालको ऐतिहासिक सम्पत्ति रोक्नका
लागि सर्वोच्चमा मुद्दा हाल्न लागिएको गेसो सभापति गुरुङले बताउनुभयो ।
‘यो भवन नेपाली युवाहरुले गोरखा सैनिकमा भर्ना भएर
बेलायती सार्बभौमसत्ता, राजमुकुट र जनताको रक्षाको निम्ति उच्च बफादारितापूर्वक
बलिदान गरेबापत निशुल्क उपलब्ध गराएको हो ।’-सभापति गुरुङले भन्नुभयो,-’करिब ६०
हजारभन्दा बढी गोरखा सैनिकहरुको बलिदानीको उच्च सम्मान गर्दै निशुल्क रुपमा दिइएको
यो भवन संरक्षण गर्न नसकेको बाहानामा बिक्री गर्नु ती ६० हजारभन्दा बढी हाम्रा
पूर्खाहरुको अपमान मात्रै होइन, नेपाल र नेपालीको स्वभिमानमाथिको प्रहार पनि हो
।’
गेसो सभापतिले दूताबास भवन संरक्षण नसकेर भन्दा पनि
राजनैतिक दल, तिनका नेता र कर्मचारीहरुले ‘कमीसन’को लोभमा बेच्न लागेको आरोप
लगाउनुभएको छ ।’ दुताबासको भवन सरकारले संरक्षण नसके भने गेसोले पूर्ण रुपमा
संरक्षण गर्ने सभापति गुरुङले बताउनुभयो ।
No comments:
Post a Comment