Saturday, 30 March 2013

बेलायत स्थति नेपाली दुताबासको भवन बेच्नु आएको बाहुन-टोलीलाई, आदिवासी भूपू-गुर्खाजहरुको कडा खप्काई !!!

लण्डन १७, चैत -  लण्डन स्थित नेपाली दुताबासको भवन बेच्नु, बेल्जियमको राजदुत राममणी पोख्रेल सहित आएको छ जना बाहुन-समुह (5 - बाहुन, 1 - नेवार) ले, बेलायतमा रहेको आदिवासी जुझारु भूपु गुर्खाजहरु सहित केहि सचेत नेपालीहरुको पुगनपुग सय जनाको समुहबाट नेपाली दुताबास लण्डनमा खह्रो केरकार अनि हप्कीदप्की खानू परेको खबर प्राप्त भएकोछ। सन 1934 मा लण्डन बेलायत स्थितको नेपाली दुताबास भवन नेपाल सरकारको स्वामित्वमा देखिएपछि, मर्मत खर्च साह्रै खर्चालु भई नेपाल सरकारबाट ब्योहोरिनु नै नसकिने भन्ने कारण बनाएर यसपल्ट गरि नेपाल सरकारले यो भवन बिक्रि गरिनु खोजिएको यो तेश्रो प्रयास हो। यस अगाडी सन 1992 देखि सन 1996 सम्म पहिलो पल्ट अनि सन 2003 देखि सन 2006 सम्म दोश्रो पल्ट यो भवन बिक्रि गरिनु खोजिएको थियो।
 हिजो नेपाल सरकारको तर्फबाट पाँच जना बाहुन अनि एक जना नेवार समिल्लित अनुगमन टोली भनेर खट्याईएर लण्डन पठाईएको भनेर उनेरुले दाबी गरिएपनि, उनेरुले नेपाल सरकारतर्फबाट आएको भवन बिक्रि दलालहरुको रुपमा आएको भान उनेरुको मुखाकृतले बताउदथ्यो भनेर उनेरुलाई नियाल्ने प्रत्यक्षदर्शीहरुको दाबी रहेकोछ। दुताबास भवनभित्र भएको अनुगमन भनिने टोलीसंगको वार्तालापको क्रममा, नेपाल सरकारको तर्फबाट दुताबास भवन मर्मत खर्च ब्यहोरिनु नसकिने भन्ने जिकिर लिएर, भवन बिक्री गर्नु आएको टोलीकोले " होईन ! हामी अनुगमन मात्रै गर्नु आएको। बिक्री गर्नु आएको होईन। " भनेर त्यहाँ उपस्थित सचेत आदिवासी गुर्खाजहरुको आक्रोसलाई निस्तेज पार्नु टोलीले ठाडै झुट्टा बोल्यो भन्ने पनि प्रत्यक्ष सहभागीहरुले बताएको पाईयो।वार्तालाप अनि बिचार प्रस्तुत गर्नेक्रममा, पुर्व राजनिती कर्मी, भूपू गुर्खाज रामकाजी राईले" यहाँ यो तपाईहरुको टोलीमा पाँच जना बाहुन, एक जना नेवार हुनुहुँदो रहेछ। यस्सो भन्दा नरिसाउनु होला। किन भन्दा, हामीलाई बाहुनहरुसंग बिस्वाश पट्टक्कै छैन।किन कि,नेपालको बाहुन-सरकारले,* कोशी, कर्णाली, गण्डकी ! * बाँसबारी छालाजुत्ता कारखाना ! * हेटौंडा कपडा उद्योग ! * बिराटनगर जुट-मिल ! * हरिसिद्दी ईट्टा भट्टा ! * नारायणघाट कागज कारखाना ! सप्पै-सप्पै बेचेर खाई सकेर ! बेलायतको दुताबास भवनपनि बेचीखानू फेरि आईपुग्यो !
तपाईहरुले जे-सुक्कै भनेपनि, हामी विश्वास गर्दैनौं। किन बेच्नु खोजेको यो घर ? आखिर यो भवनमा त, लामो-लामो नाक भएको तपाई बाहुनहरु कै छोराछोरीहरु राजदुत भएर बस्नु आउने हो।नेपालको सर्वोच्च निकायहरु जम्मैमा बाहुन नै बाहुनहरु Head Of Dept. बनेर बस्दै, नयाँ घरहरु सप्पै धुवाँसो-वाला बनाउने हो। बेलायतमा यहाँ 14-15 सौं शताब्दीमा बनेको झैँ थुप्रै घरहरु देखिन्छ। खोई त्यो घरहरुलाई मर्मत गरि रहनु पर्ने देखिंदैन त ! लु सन 1934 देखि अहिलेसम्म नेपाल सरकारले यो घर मर्मत गरिनु कत्ति बजेट छुट्यायो ? हामीलाई हिसाब चाहियो। यहाँ हरेक बर्ष छुट्याईएको मर्मत-बजेटले, ढोका भत्किए ढोका ! झ्याल खुईलिए झ्याल बनाईएकोछ ? त्यसो गरिएको भए यो हविगत आज आउंथ्यो ?
* नेपाल सरकारलाई, बर्षमा कत्ति ममर्त खर्च लाग्छ ? हामीलाई हिसाब देखाओस ! नपुगेको हामी बेलायतको भूपू गुर्खाजहरुले मर्मत-खर्च ब्यहोरीदिन्छौं। तर यो भवन बिक्रि गर्नु पाईन्दैन।
तपाईहरु फर्केर तुरुन्तै जानुहोस। हामी तपाईहरुलाई सलाम गर्छौं। तर यदि ,..................................................................... आज यहाँ तपाईहरु, " हामी भवन बेच्नु आएको होईनौ। " भनेर भन्दै हुनुहुन्छ।
भोली कथन-काल यो भवन नेपाल सरकारले बिर्की गर्यो भन्ने हामीले सुन्यौं भने, हामीले यहाँ तपाईहरु सबैको फोटो खिचेर राखेकोछौं। " भन्ने यस्तो रामकाजी राईको चेतवानीपूर्ण अभिव्यक्ति सुनेपछि, लण्डनको चिसोमाथी, आदिवासी भूपू गुर्खाजहरुको चिसोपन अझै थपिँदा, अनुगमन भनिने बाहुन-टोलीलाई लण्डनको चिसोले पो भेट्यायो होला कि ,.... ? भन्ने यो पंक्तिकारलाई पिर लागेकोछ।सुनिनुमा आएकोछ, हिजो बेलुका दुताबास भवनभित्र सप्पै सहभागीहरुले आ-आफ्नो दह्रिलो अभिव्यक्ति प्रस्तुत गरेको थियो। भूपू गुर्खाजहरुलाई लण्डनको प्रत्रकार राजेन्द्र भट्टबाट फोन गरेर बोलाईने काम गरेको थियो।

No comments:

Post a Comment