सिद्धराज राई, धनकुटा, चैत्र १६- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगमी संविधानसभाको निर्वाचनको लागि एमालले राष्ट्रिय एकतालाई कायम राख्दै पहिचान र सामर्थ सहितको संघियतालाई मुख्य मुद्दा बनाउने बताएका छन्। शुक्रबार धनकुटामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले समावेशीको मुद्दामा सबै जाति, वर्ग र समुदायलाई समेट्न आवश्यक रहेको र राज्य प्रणालीमा सुधार गर्नुपर्ने भएले संघियताको पक्षमा एमाले कटिबद्ध रहेको बताए। अहिले एमाले आन्तरिक विवादलाई थाँती राखेर एकताबद्ध भएर निर्वाचनमा लागेको र सवैलाई फकाएर चुनाव जित्ने तयारीमा रहेको उनले बताए।
अहिलेको निर्वाचन मन्त्रिपरिषदको विषयमा आफ्नो असमति रहेपनि संविधान निर्माण र माओबादीको असक्षम नेतृत्वबाट मुक्ति पाउनको लागि सहमति गरेको बताउदै नेता नेपालले भनेः बाबुराम भट्टराईको सरकार हटेर अहिलेको चुनावी सरकार बनेकाले चैन मिलेको छ। यो सरकार अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति, अर्थिक र राजननितिक लाभ लिने कार्यहरुलाई खारेज गर्नु पर्ने उनले बताए। अहिलेको सरकारले चुनावी तयारी गरिरहेको भए पनि मौसम र राजनीतिक असहमतिको कारण असारमै चुनाव हुन्छ भन्न नसकिने नेता नेपालले बताए। ठूला राजनीतिक दल र अहिलेको सरकारलाई चुनावी प्रक्रिया विथोल्ने तयारी गरिरहेका साना पार्टीहरुलाई फकाउने चुनौति रहेकाले ती दलका जायज मागलाई संयुक्त पहल गरेर सम्बोधन गरी तत्काल चुनावको मिति घोषणा गर्नु पर्ने नेता नेपालले बताए। चुनावको मिति जति सर्दै गयो, संघियता, संविधान, गणतन्त्र र आर्थिक, सामाजिक रुपान्तरणको मुद्दा पछि पर्ने उनले बताए।

No comments:
Post a Comment