Tuesday, 2 April 2013

युएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा

काठमाडौं, चैत २० - नेपाल एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार टिम मानिएका युएईलाई नेपालले ६ विकेटले पराजित गर्‍यो।अन्तिम १६ बलमा कप्तान पारस खड्का र विनोद भण्डारीको जोडीले राम्रो प्रदर्शन गरे। त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। १३४ रनको लक्ष्य पछ्याएको नेपालले ५ बल अगावै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सुवास खकुरेल २२, ज्ञानेन्द्र मल्ल २० रन बनाए भने कप्तान पारस खड्का १२ र विनोद भण्डारी १६ रनमा अविजित रहे। नेपालले भोलि अफगानिस्तानसँग फाइनल खेल्नेछ।

No comments:

Post a Comment