२२ फागुन, काठमाण्डौं । सरकारले सार्वजनिक
यातायातको भाडा ९ प्रतिशतले बढाउने तयारी गरेको छ । भाडा वृद्धिका लागि इन्धनको
मूल्यवृद्धि, पाटपुर्जा र मुद्रास्फ्रीतिलगायतलाई आधार मानिएको छ ।
इातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद
अधिकारी संयोजकत्वको भाडादर समायोजन प्राविधिक समितिले भाडादर ९ देखि १०
प्रतिशतसम्म बढाउन भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयलाई सुझाव
दिएको खबर कारोबार दैनिकले छापेको छ ।
मन्त्रालयका उपसचिव नवीन पोखरेलले वैज्ञानिक
भाडादरको मापदण्डका आधारमा इन्धनको मूल्य, पार्टपुर्जा, श्रमिकको पारि?मिक र
मुद्रास्फीतिलगायत अवस्थालाई दृष्टिगत गरी भाडा वृद्धि गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार मन्त्रीस्तरीय निर्णयपछि नयाँ भाडादर लागूहुनेछ ।
No comments:
Post a Comment