नेपालगन्ज, फाल्गुन २२ - अवैध यौनसम्बन्ध खुलासा हुने डरले बाँके, सोनपुरका दुई विवाहित महिलाले एक भारतीय युवकको हत्या गरेका छन् । बाँके, सोनपुरका ३५ वर्षीया काफिया खाँ र २२ वर्षीया केशरजहाँ खाँले आफ्नो अवैध यौनसम्बन्ध खुल्ने डरमा भारत, बहराइचस्थित मोतीपुरका चाँदबाबु खाँको हत्या गराएको खुलेको हो । दुवैका श्रीमान् वैदेशिक रोजगारमा छन् । २९ वर्षीय चाँदबाबु नेपालगन्जमा बसेर तरकारी व्यापार गर्थे । काफियासँग उनको एक वर्षदेखि यौनसम्बन्ध रहेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।
भारत, बहराइच, कोतवलीका गुड्डु खाँसँग केशरजहाँको अवैध यौनसम्बन्ध रहेको चाँदबाबुलाई थाहा थियो । उनले काफिया र केशरजहाँसँग ५० हजार मागेर 'ब्ल्याकमेलिङ' गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । 'पैसा नदिए अवैध सम्बन्धबारे श्रीमान्लाई भन्दिने र अनुहारमा तेजाब फ्याँक्ने धम्की दिएपछि हत्याको योजना बनाएको पाइयो,' बाँके प्रहरी उपरीक्षक भूपालकुमार भण्डारीले भने, 'अवैध सम्बन्ध खुल्ने डरले हत्या गरेको पुष्टि भएको छ ।'
फागुन १० गते राति नौ बजेतिर काफियाले पैसा लिन सोनपुर ३ स्थित वटवागाउँको खेतमा बोलाएकी थिइन् । साढे नौ बजे त्यहाँ पुगेका चाँदबाबुलाई काफिया, केशरजहाँ, गुड्डु र उनका घरबेटी औसन खाँ, साकिर खाँ र अलमान खाँ मिलेर हत्या गरेको अभियुक्तले स्विकारेको प्रहरीले बताएको छ । साकिर र अलमानले आफ्नी नातेदार केशरजहाँलाई ब्ल्याकमेलिङ गरेको रिसमा हत्यामा संलग्न भएको बयान दिएको प्रहरीको भनाइ छ । भारतमा चोरी अभियोगमा प्रहरीले खोजी गर्न थालेपछि उनीहरू डेढ वर्षदेखि बाँके बस्दै आएका थिए । चाँदबाबु र गुड्डु दुवै साथी हुन् । गुड्डुकै मोबाइलबाट नम्बर लिएर चाँदबाबुले केशरजहाँलाई फोन गरेर पैसा मागेका थिए ।
'अभियुक्तले घेरा हालेर हातखुट्टा समातेर हँसियाले घाँटी छिनाएर टाउको ७ सय मिटर पर खेतबारीमा गाडेको अनुसन्धानमा खुल्यो,' उपरीक्षक भण्डारीले भने । हत्या लगत्तै सक्रिय जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त अनुसन्धान टोलीले सबै अभियुक्तलाई पक्राउ गरेको हो । हत्याका लागि गुड्डु र अलमानले उढरापुर मेलाबाट २ सय ७० रुपैयाँमा हँसिया किनेर ल्याएको समेत प्रहरीले पत्ता लगाएको छ ।

No comments:
Post a Comment