Tuesday, 5 March 2013

तीन दिनभित्र सरकार बद्लिन्छ : प्रधानमन्त्री भट्टराई

महेश्वर चामलिङ राई, उदयपुर, फागुन २२ - प्रधानमन्त्री बाबुराम भट्टराईले आफू तीन नदिनभित्र सरकारबाट बाहिरिने बताएका छन्। ओखलढुङ्गाको पश्चिमी दुर्गम गाविस ग्रामनाङस्थित ग्रामोदय युगकवि सिद्धीचरण श्रेष्ठ आदर्श क्याम्पसको स्वर्ण महोत्सवको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री भट्टराईले सो उद्‍घाष गरेका हुन्। भट्टराईले आउँदो जेठभित्र जसरी भए पनि संविधान सभाको चुनाव गराइसक्ने दाबी पनि गरे। त्यसका लागि प्रधानन्यायाधीश नेतृत्वको सरकार आउँदो तीनदिनभित्रै गठन गरिसक्ने दावी पनि उनले गरेका छन्। केही गर्दा पनि दलहरबीच राजनीतिक सहमति हुन नसकेपछि प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने स्थिति सिर्जना भएको बाध्यता पनि उनले सुनाए।
नेपाली सेनाको हेलिक्पटरमार्फत् बिहान साढे ११ बजे ग्रामनाङ उत्रिएका भट्टराईसँग ओखलढुङ्का तत्कालीन सभासद बालकृष्ण ढुङ्गेल पनि आएका थिए। माओवादी युद्धकालमा स्थानीयको हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्म केद सजाय तोकिए पनि पक्राउ नपरेका ढुङ्गेल आएको थाहा पाएपछि सदरमुकामदेखि लगभग ४२ किलोमिटर टाढा हिडेर पुगेका एमाले जिल्ला सचिव नेत्र भट्टराईले कार्यक्रम बहिस्कार गरेको जनाइएको छ।
उद‍्‍‍घाटन कार्यक्रम सकिएलगत्तै भट्टराई सोही हेलिमार्फत राजधानी फर्किसकेको स्थानीयले बताएका छन्।
'प्रधानन्यायाधीश नेतृत्व हुन्न'
राष्ट्रिय जनमोर्चा नेपाल उदयपुरले प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन गर्न नहुने भन्दै सोमार जिल्ला सदरमुकाम गाईघाटमा र्याली निकालेको छ। गाईघाटस्थित प्राथमिक आँखा उपचारकेन्द्र चोकदेखि निस्केको र्यालीमा मोर्चा कार्यकर्ताको टोलीले न्यायपालिका र कार्यपालिका प्रमुख एउटै व्यक्ति हुन नहुने तथा वर्तमान सरकार निकम्मा भएको नारा निकाल्दै बजार परिक्रमा गरेको थियो।
बजार परिक्रमापछि मुख्य चोकमा आयोजित कोणसभामा मोर्चाका नेताहरुले प्रधानन्यायाधीश नेतृत्वको सरकार कुनै हालतमा स्वीकार नगर्ने भन्दै विरोध गरेका थिए। वक्ताहरुले एमाओबादी सरकार अहिलेसम्मकै निकम्मा भएको, दलहरुको असक्षमताका कारण संविधान नलेखी संविधानसभा भंग भएको तथा ठूला चार राजनीतिक दलको सिन्डिकेट राजनीतिले देश अनिर्णयको बन्दी बनेको भन्दै कडा शब्दमा आलोचना गरेका थिए।

No comments:

Post a Comment