२१ फागुन, काठमाडौं
। अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको सूचीमा नेपाली
उद्योगी विनोद चौधरी पनि परेका छन । नेपालसहित एशियाली देशहरुमा लगानी गरि पहिलो
मल्टिनेशनल नेपाली ब्यापारी बनेका चौधरी नेपालको पहिलो अर्बपति भएको पत्रिकाले दावी
गरेको छ ।
फोर्ब्सले तयार पारको १ हजार ४ सय २६ जनाको सूचीमा
चौधरी पनि परेका छन् । १ अर्ब डलर सम्पत्ति (करिव ८७ अर्ब रुपैयाँ) का मालिक ५७
वर्षीय चौधरी १ हजार ३ सय ४२ औं नम्बरमा छन् ।

फोर्ब्सले बिनोदको सिनोभेसन र चौधरी ग्रुपले
नेपालको लोकप्रियय चाउचाउ वाईवाई संचालन गरेको, नविल वैंकको मुख्य सेयर होल्डर
रहेको र ताज ग्रुपसँग मिलेर तारे होटलहरु संचालन गरिरहेको उल्लेख गरेको छ । बिनोदका
हजुरबुबा भारतको राजस्तानबाट नेपाल आएर कपडा ब्यापार थालेको, मुलुकमै पहिलोपटक
डिर्पाटमेन्ट स्टोर खोलेको र बिनोदले १८ बर्षको उमेर कलेज छाडेर ब्यापारमा
लागेको फोर्ब्सले उल्लेख गरेको छ ।
बिनोदले हालै आफ्नो ब्यबसायीक जीवनबारे नेपाली
भाषामा पुस्तक प्रकाशन गरेका छन् । नेपालको कानुनले नेपाल बाहिर लगानी गर्न नदिए
पनि आफुले कसरी भारत, सिंगापुर, श्रीलंका, माल्दिभ्स लगायतका मुलुकमा ब्यापार
विस्तार गरेँ भन्नेबारे उनले विस्तृतमा उल्लेख गरेका छन ।
फोर्ब्सको अर्बपतिहरुको सूचीमा सबैभन्दा धेरै
अमेरिकाका ४ सय ४२ जना छन् भने यूरोपका ३ सय ६६, एसियाका ३ सय ८६ रहेका छन् । ७३
अर्ब डलर सम्पत्ति रहेका मेक्सिकोका कालोस सिल्म हेलु लगातार चौथो वर्ष पहिलो
नम्बरमा छन् भने अमेरिकी विल गेट्स ६७ अर्ब डलरका साथमा दोस्रो स्थानमा छन् । यस्तै
२३ विलयन डलरका सम्पत्ति भएका गुगलका मालिक ल्यारी २० औं नम्बरमा परेका छन् ।
No comments:
Post a Comment