Monday, 4 March 2013

बंगलादेशसँग हा-यो नेपाल

बंगलादेशसँग हा-यो नेपाल
काठमाडौं, फाल्गुन २१ । पराजयको लत लागेको नेपाली राष्ट्रिय फुटबल टोली एएफसी च्यालेन्ज कप छनोट फुटबल प्रतियोगितको महत्वपूर्ण खेलमा पनि पराजित भएको छ । घरेलु दर्शकहरुले खचाखच भरिएको दशरथ रंगशालामा नेपाललाई पुरानो प्रतिद्धन्द्धी बंगलादेशले २–० ले हराएको हो ।
पहिलो हाफमा बिवादास्पद पेनाल्टी मार्पmत अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा काउन्टर अट्याक गर्दै अर्को गोल गर्न सफल भएको हो । रेफ्रीले बंगलोदशलाई विवादास्पद पेनाल्टी दिएको भन्दै दर्शकहरुले विरोध गर्दा झण्डै दश मिनेट खेल रोकिएको थियो ।

बंगलादेशबिरुद्ध केही गोल गर्ने अवसर पाएको नेपाललाई आज पनि फिनिसिङ्ग गर्न नसक्ने उही पूरानो रोगले पछ्याउँदा नतिजा दुखद बन्यो । गतवर्ष काठमाण्डौंमै सम्पन्न एएफसी च्यालेन्ज कपको फाइनल चरणमा नेपालले खेलेको समूह चरणका तीन खेल मध्ये कुनै पनि खेलमा गोल गर्न सकेको थिएन ।

आजको पराजयपछि नेपालको एएफसी च्यालेन्ज कप फाइनल चरणमा प्रवेशको सम्भावना थप कठिन बनेको छ । अब बुधबार हुने तेस्रो खेलमा प्यालेस्टाइनमाथि दुलर्भ जीत दर्ता गराए मात्र नेपालको अर्को चरणमा प्रवेशको सम्भावना पुर्नजीवित हुनेछ ।

सोही दिन बंगलादेशले नर्दन मरियाना आइल्याण्डस्को सामना गर्नेछ । जारी प्रतियोगितामा प्यालेस्टाइन सबै भन्दा बलियो टोलीको रुपमा प्रस्तुत भएको छ भने नार्दन मरियाना आइल्याण्ड सबै भन्दा कमजोर टोलीको रुपमा दर्ता भईसकेको छ ।

गतवर्ष सम्पन्न एएफसी च्यालेन्ज कप फाइनलमा चरणमा नेपाल प्यालेस्टाईनसँग २–० ले पराजित भएको थियो । बंगलादेशबिरुद्ध १५ खेल खेलेको नेपालको यो दशौं हार हो ।


यसअघि आजै भएको पहिलो खेलमा नदर्न मरियाना आइल्याण्डस्माथि ९–० को फराकिलो जित दर्ता गर्दै प्यालेस्टाईनले फाइनल चरण प्रवेशको सम्भावना थप बलियो बनेको छ ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले कमजोर प्रतिद्धन्द्धी नर्दन मरियाना आइल्याण्डलाई ६–० ले हराएको थियो ।

No comments:

Post a Comment