काठमाडौ, फाल्गुन २१ - नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्टिय महाधिवेशन
आगामी २०७० साल बैशाख २८, २९ र ३० गते चितवनमा गरिने भएको छ ।
आइतबार सम्पन्न संघीय परिषद् सचिवालय वैठकले सो निर्णय गरेको जानकारी बिज्ञप्ति
मार्फत अध्यक्ष राजकुमार लेखीले गराएका हुन् । बिज्ञप्तिमा महासंघ स्थापनाको दुई
दशकको अवधीमा विगतका सातवटै महाधिवेशन काठमाडौं उपत्यकामा भएकाले पहिलो पटक उपत्यका
बाहिर महाधिवेशन आयोजना गर्न लागिएको उल्लेख छ ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा र बन्द सत्र सौराहामा गर्ने निर्णय पनि संघीय परिषद् सचिवालयले पनि जनाइएको छ । उद्घाटन सत्रमा एकलाखजना भन्दा धेरै मानिसको उपस्थिति रहनेछ महासंघले जनाएको छ । नेपाली आदिवासी जनजातिको छाता संगठनको रुपमा रहेको महासंघको ७१ वटा जिल्लाका जिल्ला समन्वय परिषद्, सूचीकृत ५९ आदिवासी जनजाति समुदाय, १४ वटा बिदेश शाखा, ७ वटा सम्बन्धन संस्था रहेका छन् ।

No comments:
Post a Comment